शारदा माध्यमिक बिधालयको ब्यवस्थापन समिति अध्यक्षमा श्रेष्ठ

दोलखा ३० साउन । दोलखाको शैलुङ गाउँपालिकास्थित शारदा माध्यामिक विद्यालयको ११ औँ अभिभावक भेलाले कमल श्रेष्ठको नेतृत्वमा ८ सदस्यीय विद्यालय व्यवस्थापन समिति चयन गरेको छ ।विद्यालय व्यवस्थापन समितीको पहिलो बैठकले विद्यालयमा सञ्चालन भइरहेको प्राविधिक शिक्षा तर्फको ३ वर्षे बाली विज्ञान र १८ महिने भेटेरीनरी जेटीए कोषको पढाइमा शत प्रतिशत छुट दिने निर्णय गरेको हो ।

तीन वर्षे बाली विज्ञान अध्ययनका लागि विद्यार्थीहरुले १ लाख १० हजार र १८ महिने जेटिएका लागि ३० हजार रकम तिर्दै आएकोमा अबदेखि विद्यार्थीहरुले निशुल्क अध्ययन गर्न पाउने भएका छन् ।

Back to top button