गाँउघरमा बाँदर आतङ्क किसानहरु चिन्तित

 

सुजन काफ्ले / चरिकोट , भदौ २२ गते                   तामाकोसी गाउँपालिका ४ मालुका मोहन पोखरेलको दिनचर्या उज्यालो भएदेखि रात नपर्दा सम्म खेतबारीमा दगुुर्दै बित्छ । कतिबेला कताबाट पसेका बाँदर हुलले अन्नबालि नष्ट गर्छ थाहा नै हुदैन । बाँदरले दिएको दुखका कारण आजभोलि खासै बालिनालि लगाउन मन लाग्दैन,कहिलेकाँहि भए पो हुन्थ्यो बार्हैमास दुख दिन्छ ।’ पोखरेलले बताउनुभयो । बर्षायाममा बारिमा मकै ,सिमिबोडि, करेला, काक्रा र हिँउदमा उखु फलफुल खाएर हैरान पार्ने गरेको पोखरेलले भनाइ छ । बाँदरको एउटा हुल लखेट्यो अर्को हुल आँउछ अन्नबालि खाएर हैरान बनायो अर्का किसान बेलि योगि बताउनुहुन्छ । बाख्रा बस्तु लाई घाँस हाल्न घर गएको मौका छोपी बथानमा आएका बादरले मकैबाली नष्ट गर्न थालेपछी मकै बचाउन टहरा बनाएर खेतबारीमा नै बास बस्नुपर्ने बाध्यता रहेको योगिको भनाइ छ । यहि खेतिबालिमा लाग्ने बाँदर यतिबेला ग्रामिण क्षेत्रमा किसानको मुख्य समस्या बनेको छ ।
मकैबाली भित्र्याउने समयमा बाँदरले मकै लगायतका तरकारि फलफुल नष्ट गरेपछी किसानहरु चिन्तित बनेका सोहि वडाका वडा अध्यक्ष नारायण खड्का (सुरज) ले बताउनुभयो । तामाकोसी गाउँपालिकाको भिरकोट, झुले, जफे, मालु ,सहरे लगायत विभिन्न स्थानमा पनि बाँदरले मकैबालीमा क्षती पुर्याउदै आएको गाँउपालिकाले जनाएको छ ।
बादर नियन्त्रण गर्न २ लाख बजेट बिनियोजन
तामाकोसी गाउँपालिकाले आर्थिक वर्ष ०७९/०८० का लागि बाँदर नियन्त्रण गर्न २ लाख बजेट बिनियोजन गरेको छ । बाँदरले गाउँबस्तीमा छिरेर दुख दिन थालेपछि बाँदर नियन्त्रणका लागि बजेट विनियोजन गरिएको तामाकोसी गाउँपालिकाकी उपाध्यक्ष सिर्जना खड्का सुबेदिले बताउनु भयो । तामाकोसीका किसानको प्रमुख समस्या र चुनौतीको रुपमा रहेको बाँदरलाई नियन्त्रण गर्न यो आर्थिक बर्ष कुनै एउटा बस्तिमा बादर नियन्त्रणको कार्यक्रम संचालन गरिने गाउँपालिकाकी उपाध्यक्ष सुवेदीले बताउनुभयो । अहिले बाँदर नियन्त्रणका लागि बजेट मात्र बिनियोजन गरेका छौँ। कसरी बाँदर नियन्त्रण गर्न सकिन्छ भनेर किसान र सोही वडाका जनप्रतिनिधि बसेर छलफल गरि निर्णय गर्ने उपाध्यक्ष सुबेदिको भनाइ रहेको छ ।

Back to top button