सङघीयता पछि वडा अध्यक्षलाई सबैभन्दा बढी अधिकार ः मुख्यमन्त्री पाण्डे

दोलखा , भाद्र ६ गते
बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डले सङघीयता पछि वडा अध्यक्षलाई सबै भन्दा बढी अधिकार रहेको बताएका छन। आर्थिक वर्ष ०७८÷०७९ मा संघीय तथा प्रदेश सरकार अन्र्तगतका कार्यालयहरु र स्थानिय तहहरुबाट संचालन भएका आयोजना तथा कार्यक्रमहरुको बार्षिक समिक्षा गोष्ठीलाइ सम्बोधन गर्नुहुदै पाण्डेले सो कुरा बताएका हुन । अप्ठ्यारोमा जनप्रतिनिधिको उपस्थिती नै महत्वपुर्ण हुने उनको भनाइ छ । गाँउपालिका र वडा मिलेर नै प्रदेश बनेको बताँउदै उनले वडा अध्यक्षलाइ प्रधानमन्त्रीको भन्दा धेरै अधिकार दिएकोले स्थानिय सरकार नै शत्तिशालि रहेको बताए ।
कार्यक्रममा सम्बोधन गर्नुहुने जिल्लाका स्थानिय तहका प्रमुख तथा अध्यक्षले स्थानिय तहलाइ प्रदेश सरकारले बेवास्ता गरेको गुनासो गरेपछि सो बिषयमा उनले आफ्नो भनाइ ब्यत्त गरेका थिए ।
कार्यक्रममा बोल्दै उनले दोलखामा छिटै नै भुसंरक्षणको कार्यालय स्थापना गर्ने र १३ वटै जिल्लामा कार्यालय खोलेर बिभिन्न काम लिएर हेटौँडा जानुपर्ने बाध्यताको अन्त्य गर्ने तयारी रहेको बताए। पशुपति चौलागाइ स्मृति अस्पताललाइ ३२ वटा दरबन्दी स्विकृति गरिसकेकाले केहिदिन भित्र नै विशेषज्ञ डाक्टर सहितका स्वास्थ्यकर्मी अस्पताल आइपुग्ने उनले बताए ।                 

Back to top button