सहाराविहिन ८० बर्षिय खड्ग बहादुरले पाए खाद्यान्न तथा लत्ताकपडा

चरीकोट, भदौ १३ गते
भीमेश्वर नगरपालिका– ४ जिलुका ८० बर्षिय खड्ग बहादुर मुंग्राति सहारविहिन बनेका छन । छिमेकी देश भारतको सिक्किममा एक दशक बसेर नेपाल फर्कनुभएका उहाँ आफुले कहिल्यै जिवनमा सुखको महसुस गर्न नपाएको बताउनु हुन्छ ।
भुकम्प पछि नेपाल सरकारको अनुदानमा बनेको एककोठे घरमा बस्दै आउनुभएका उहाँको हेरचाह गर्ने कोहि पनि छैन । भारत बसाइँको क्रममा नै आफ्नो श्रीमती र छोरा बितेको उहाँको भनाइ छ। उहाँको अवस्था बारे थाहा पाए पछि सोही वडाका वडा अध्यक्ष तारानाथ चौलागाईंले सामाजिक संजाल फेसबुकको स्ट्याटसमा सहयोगको लागि अनुरोध गर्नुभएको थियो । सोही कारण वडा अध्यक्ष चौलागाईंको सम्पर्कमा आएको गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवार खाद्यान्न तथा लत्ताकपडा सहित शनिबार उहाँको निवास पुगेको थियो ।लत्ताकपडा , सुत्ने खाट,सिरकडस्ना, ग्यास चुलो ,चामल , दाल लगायत करिव ४० हजार बराबरको दैनिक उपभोग्य सामाग्री बितरण गरिएको मिलिजुली परिवारका सदस्य बद्री श्रेष्ठ ( समीर)ले बताउनु भयो । उहाँको आर्थिक अवस्था कमजोर भएका कारण दैनिक जिवनयापन चलाउन अप्ठ्यारो परेकाले सहयोग गरिएको सदस्य श्रेष्ठको भनाइ रहेको छ । सहयोग पाए पछि खुसी हुँदै सहाराविहिन खडग बहादुरले संस्थालाई धन्यवाद दिनुभयो । आफू बृद्ध अवस्थामा रहेकाले थप सहयोग गरिदिनहुनका लागि विभिन्न संघसंस्था तथा ब्यक्तिहरुलाइ उहाँले अनुरोध समेत गर्नुभयो ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष चौलागाईंले सहयोगी संस्थालाई धन्यवाद व्यक्त गर्दै वडा र गाउँपालिकाबाट सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सहयोग बितरण कार्यक्रममा वाइसीएल नेपालका केन्द्रिय सदस्य एबम मावबादी केन्द्र कालिन्चोक गाउँपालिका अध्यक्ष नवराज अर्याल, मावबादि केन्द्र क्षेत्र नम्बर १ का संयोजक पुस्कर अधिकारी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो। 

Back to top button