जनताको साथमा काङ्ग्रेस अभियान दोलखामा सुरु

नेपाली काङ्ग्रेस दोलखाले जनताको साथमा काङ्ग्रेस अभियान कार्यक्रम सुरु गरेको छ । सोमबार सदरमुकाम चरिकोटमा आयोजित एक कार्यक्रमका बिच सुरु गरिएको हो । काङ्ग्रेस केन्द्रिय कमिटिको निर्णय अनुसार आगामि मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन लक्षित कार्यक्रम सुरु गरिएको नेपाली काङ्ग्रेस दोलखाले जनाएको छ । जनताको साथमा कार्यक्रमका लागि केन्द्रीय प्रतिनिधिको रुपमा दोलखा जिल्लामा आउनुभएका नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य शान्ती परियारले कार्यक्रमको उद्घाटन गर्नुभयो ।कार्यक्रमको उद्घाटन गर्दै परियारले आगामी निर्वाचनमा जस्ले टिकट पाए पनि काङ्ग्रेस जिताउने लाग्नुपर्ने बताउनुभयो । सबै जना मिलेर निर्वाचनमा होमिए आगामी निर्वाचनमा दोलखाको काङ्ग्रेसले जित हासिल गर्ने बताउदै परियारले गाउँगाउँमा गएर संगठन निर्माण गर्न काङ्ग्रेस नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै अर्का केन्द्रिय सदस्य एवम दोलखाका प्रभावशाली युवा नेता कुन्दनराज काफ्लेले आगामी निर्वाचनमा दोलखा काङ्ग्रेसले बिजयी हासिल गर्ने बताउनु भयो । जिल्लाको विकास युवाबाट नै सफल रहेको बताउदै काफ्लेले युवाको नेतृत्व नै आजको आवश्यकता रहेको बताउनुभयो ।
जिल्लामा आउनुभएका केन्द्रिय प्रतिनिधिले जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति प्रतिनिधि लगायतको बैठक बोलाउनु पर्ने छ । अभियानमा जनताका समस्या सुन्ने, कांग्रेस नेतृत्वको सरकारले गरेको कामको जानकारी गराउने र सत्तारुढ गठबन्धनका दलहरुबीच तालमेलको औचित्य पुष्टि गरिने नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति दोलखाका सचिव सन्तोष पाठकले बताउनु भयो । नेपाली काङ्ग्रेस दोलखाले केही दिन अगाडि बाट नै सुखमा काङ्ग्रेस दुखमा काङ्ग्रेस, घरघरमा काङ्ग्रेस अभियानको समेत सुरुवात गरिसकेको पाठकले बताउनु भयो । यो अभियान २ महिना सम्म चल्ने नेपाली काङ्ग्रेस दोलखाले जनाएको छ।नेपाली काङ्ग्रेस दोलखाका सभापति बर्मा लामाको अध्यक्षता भएको कार्यक्रममा  पार्टिका पुर्व सभापतिहरु उद्दपराज काफ्ले, तारा कोइराला रुद्र बहादुर खड्का , जिल्ला नेताहरु तारा कुमार खड्का केशवराज चौलागाईं ,महाधिवेशन प्रतिनिधि ,प्रदेश प्रतिनिधि लगायतका नेता तथा कार्यकर्ताको उपस्थितिमा सम्पन्न भएको थियो ।

Back to top button