विभिन्न निर्णय गर्दै युवा सङ्घ मेलुङ कमिटिको बिस्तारित बैठक सम्पन्न

दोलखा । विभिन्न निर्णय गर्दै राष्ट्रिय युवा सङ्घ नेपाल मेलुङ कमिटिको बिस्तारित बैठक सम्पन्न भएको छ । सोमबार बसेको बैठकले आयोजक कमिटि गठन, आगामी भाद्र २४ गते काठमाडौंमा हुन लागेको बाग्मति प्रदेश कमिटिको अधिवेशनमा प्रतिनिधित्व गर्नका लागि प्रतिनिधि छनोट गरेको छ । त्यसैगरी वडा कमिटिलाई पुर्णता, पुर्णता पाईसकेको वडाहरुमा तत्काल बैठक बोलाई सङ्गठनलाई चलायमान बनाउन निर्देशन दिने तथा यहि अश्विन ३ गते हुने बृहत जिल्ला भेला भव्यताका साथ सम्पन्न गराउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने निर्णय गर्दै बैठक सम्पन्न भएको युवा सङ्घ मेलुङ कमिटिले जनाएको छ । बैठक नेकपा एमाले मेलुङ गाउपालीका कमिटीका सचिव नबराज खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । बैठकमा युवा सङ्घ मेलुङ्का इन्चार्ज सुदिप कार्की,युवा सङ्घ मेलुङका अध्यक्ष मिलन खड्का लगायत नेता तथा कार्यकर्ताको उपस्थितिमा सप्पन्न भएको थियो ।

Back to top button