दोलखा माओबादि द्वारा प्रदेश सभा क बाट समानुपातिक तर्फ टंक खाती सहित ८ जनाको नाम सिफारिस

दोलखा । नेकपा माओवादी केन्द्र दोलखाको प्रदेश सभा -क बाट समानुपातिकमा टंक खाती ” उद्दब” सहित ८ जनाको नाम सिफारिस गरेको छ। माओवादी केन्द्रको जिल्ला समन्वय कमिटीको प्रथम बैठकले क्षेत्र बाट आएको नामलाई लोकप्रिय युवा नेता खाती सहित ८ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो । सिफारिस हुनेहरुमा टंक खाती ” उद्दब”,भगवती प्रधान,किशोर कुमार दहाल,कृष्ण बहादुर कार्की ,लालकाजी तामाङ्ग, प्रेम थोकर, तेज बहादुर तमाङ्ग र रिता रिमाल ” शिर्जना” रहेका छन ।

प्रदेश -क संयोजक पुष्कर कुमार अधिकारिको अध्यक्षतामा बसेको बैठकमा पार्टीको पोलिटब्युरो सदस्य एबं दोलखा जिल्ला इन्चार्ज देबि खड्काको बिशेष आतिथ्यता र केन्द्र एबम जिल्ला नेताहरुको उपस्थितिमा भब्य रुपमा सम्पन्न भएको थियो ।

Back to top button