दोलखा माओबादी द्वारा प्रदेश सभा -क बाट प्रत्यक्षमा ७ जनाको नाम सिफारिस

दोलखा । नेकपा माओवादी केन्द्र दोलखाको प्रदेश सभा -क बाट प्रत्यक्षमा ७ जनाको नाम सिफारिस गरेको छ ।
क्षेत्रबाट आएको नामलाइ सोमबार बसेको माओवादी केन्द्रको जिल्ला समन्वय कमिटीको प्रथम बैठकले ७ जनाको नाम पठाउने निर्णय गरेको हो ।
सिफारिस हुनेहरुमा आङ्गडेन्डी शेर्पा,बिमर्श राज कार्की “प्रभात” बासुदेब पोखरेल”आकाश”
भिम बहादुर श्रेष्ठ ” अबिरल”बलराम थापा,नवीन जिरेल” प्रतीक” र हिमाली गोले रहेका छन ।
प्रदेश -क संयोजक पुष्कर कुमार अधिकारिको अध्यक्षतामा बसेको बैठकमा पार्टीको पोलिटब्युरो सदस्य एबं दोलखा जिल्ला इन्चार्ज देबि खड्काको बिशेष आतिथ्यता र केन्द्र एबम जिल्ला नेताहरुको उपस्थितिमा भब्य रुपमा सम्पन्न भएको थियो ।

Back to top button