निशुल्क स्वास्थ्य शिविर बाट ५३ जना लाभान्वित

दोलखा । भिमेश्वर नगरपालिका -५ माटिमा गरिएको
निशुल्क स्वास्थ्य शिविर बाट ५३ जना लाभान्वित भएका छन । धुलिखेल अस्पताल को सहयोग र वडा कार्यालयको ब्यवस्थापनमा स्वास्थ्य चौकी माटिमा एक दिने स्वास्थ्य शिबिर आयोजना गरिएको थियो ।
शिबिरमा ५३ जना महिलाहरूको पाठेघर सम्बन्धि स्वास्थ्य परिक्षण तथा उपचार गराइएको वडा अध्यक्ष बासु श्रेष्ठले बताए । परिक्षण गरिएका मध्य २० जना महिलामा अलि जटिल समस्या देखिएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।महिलाहरुले पाठेघरमा समस्या घरघरमा लुकेर बस्ने र स्वास्थ्य परिक्षण नगर्नाका कारणले महिलाहरुमा थप समस्या हुदै गएकाले फेरि छिटै अर्को शिविर गर्ने तयारी रहेको उनको भनाइ रहेको छ ।

Back to top button