दोलखा माओबादिको प्रदेश (क ) मा यसकारण बलियो छ टंक खाती (उद्दब) को उम्मेदवारी , को हुन खाती ?

दोलखा । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि धमाधम उम्मेदवारको नाम सिफारिस भइरहेको छ । दोलखामा पनि क्रियाशिल राजनीतिक दलहरुले जिल्ला बाट केद्रमा नाम सिफारिस गरिसकेका छन ।
पुराना नेतालाई सम्मानजनक बिदाइ गरि युवा पुस्तालाई सबै राजनीतिक दलले अगाडि सारी रहेका छन । नेकपा माओबादी केन्द्रले प्रदेश सभा (क) बाट समानुपातिक तर्फ
टंक खाती (उद्दब) सहित ८ जनाको नाम सिफारिस गरेको छ । सिफारिस गरिएका मध्य खातीको बढी चर्चा चल्न थालेको छ । सबैका युवा नेताका रुपमा परिचीत खाती सालिन स्वभाव र इमान्दार नेताका रुपमा परिचित छन ।
माओबादी केन्द्रका लोकप्रिय तथा युवा नेताले चिनिने खाती दोलखा सफल निर्माण ब्यवसायी हुन । खाती २०६० साल्देखी नै सक्रिय राजनीतिमा क्रियाशिल रहेका छन ।उनी समानुपातिक प्रदेश सांसदका बलियो उम्मेदवार हुन । जिल्लाका शिर्ष नेताहरुले समेत लोकप्रिय युवा नेता भनेर चिनिने उनको केन्द्रमा पनि राम्रो प्रभाव रहेको छ ।

को हुन टंक खाती (उद्दब)
तामाकोसी गाउँपालिका – ५ शहरेमा सामान्य परिवारमा जन्मिएका उनी बिद्यार्थी जीवन सगै राजनीतिमा होमिएका थिए । सानै उमेर देखि भद्र स्वभाव भएका उनी कसैलाई नबिझाउने युवा नेताको रुपमा चिनिन्छन । विद्यार्थीकाल देखि नि सक्रिय राजनितिमा रहेका उनी हाल दलिक मुक्ति मोर्चाका जिल्ला इन्चार्ज र माओवादी केन्द्र तामाकोसी गाउँपालिकाका उपाध्यक्ष रहेका छन ।

Back to top button