हराएको मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण

भदौ २१ गते
दोलखा । जिल्ला प्रहरी कार्यालय दोलखाले हराएको मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । गएको साउन ३१ गते राती भिमेश्वर नगरपालिका ६ सिमपानिमा घर अगाडी पार्किङ गरी राखेको बा ६१ प ७९४९ नम्बरको निलो रङको मोटरसाईकल हराएको
थियो । मोटरसाइकल हराएको भनि निवेदन परेपछि
खोजतलास थर्दै जाने क्रममा भदौ १३ गते भिमेश्वर
नगरपालिका ९ खरीढुङ्गा स्थित प्रहरी चौकीबाट गस्तीमा खटिएको टोलीले ब्यवारिसे अवस्थामा फेला पारेकोदोलखाका प्रहरी प्रमुख गंगा पौडेल बताउनुभयो । उत्तमोटरसाईकल गुभाजुको रहेको पुष्टि भएपछि उहाँलाइबुझाइएको पौडेलले भनाइ रहेको छ । प्रहरी प्रमुख पौडेलले हराएका मोटरसाईकल खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर भइरहेको र स्वयम सवारी
धनी पनि सजग रहनुपर्ने बताउनुभयो । उहाँले आफ्नो सवारी सुरक्षित स्थानमा पार्किङ गर्न र सुरक्षाका उपायहरुको समेत प्रयोग गर्न सम्बन्धित सबैलाइ आग्रह गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालय दोलखाले केहि महिना अगाडी
हराएका १० वटा चोरीका मोटरसाईकल फेला पारी
सम्बन्धित धनीलाइ बझाएको थियो ।

Back to top button