कांग्रेस दोलखाद्धारा ३८ जनाको नाम सिफारिस

चरीकोट, भदौ २१ गते
नेपाली कांग्रेस दोलखाले आगामी मङ्सिर ४ गते हुन
लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको लागि प्रत्यक्ष र समानुपातिक गरि ३८ जनाको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको नेपाली कांग्रेस जिल्ला कार्य समितीको बैठकले प्रतिनिधि सभा सहित प्रदेश क र ख दुबै
क्षेत्रबाट सिफारिस भएका सबै जनाको नाम केन्द्रमा
पठाउने निर्णय गरेको हो । प्रतिनिधि सभा सदस्य लागि
प्रत्यक्ष तर्फ ८ जनाको नाम सिफारिस गरिएको छ ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्यहरु जिपछिरिङ लामा,
कुन्दनराज काफ्ले अजयबाबु शिवाकोटि,जिल्ला सभापति बर्मा लामा,पुर्व जिल्ला सभापतिहरु तारा बहादुर कोइराइला, रुद्र बहादुर खड्का र उद्धवराज काफ्ले र महिला तर्फ लक्ष्मि कुमारी तामाङको नाम सिफारिस गरिएको नेपालि कांग्रेस दोलखाका प्रवत्ता राकेश श्रेष्ठले जानकारी दिए । प्रदेश सभा –क मा प्रत्यक्षमा पुरुष तर्फ बाट तारा कुमार खड्का, भबेन्द्र कार्की र भुवन केसी र महिला तर्फ बाट विनिता अधिकारीको नाम गरिएको छ । प्रदेश सभा–ख मा
प्रत्यक्ष पुरुष तर्फ बाट केशबराज चौलागाई,राकेश
श्रेष्ठ,सन्तोष पाण्डे,युधिष्ठर खड्का र कुलराज थापाको र महिला तर्फ छिरिङ डोल्मा शेर्पाको बाट नाम सिफारिस गरिएको छ । त्यसैगरि समानुपातिक पुरुष तर्फ प्रतिनिधि सभामा प्रभुराम श्रेष्ठ र पुष्कर कुमार खड्का र महिला तर्फ सुमित्रा न्यौपानेको नाम सिफारिस गरिएको छ । प्रदेश सभा क बाट समानुपातिक पुरुष तर्फ बाट शुक्रराज तामाङ,सुदर्शन कार्की,सोनाम शेर्पा,केदारराज सुनुवार,हस्तलाल लामा योञ्जन र महिला तर्फबाट रोचना उप्रेती, तारा थपलिया,लिलादेवि जिरेल र सुमिका पाख्रिन तामाङको नाम सिफारिस गरिएको प्रवत्ता श्रेष्ठले बताउनुभयो ।
त्यसैगरि प्रदेश सभा–ख बाट समानुपातिक पुरुष तर्फ चित्र बहादुर कार्की, दावा शेर्पा ,सिताराम ठकुरी , राम कुमार नेपाली,कविराज थामी र महिला तर्फ अनिता श्रेष्ठ, सुनिता नेपाली र मोतिमाया मोत्तानको नाम सिफारिस गरिएको नेपाली कांग्रेस दोलखाले जनाएको छ । दोलखामा एक प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र र दुइ प्रदेश सदस्य निर्वाचन क्षेत्र रहेका छन् ।

Back to top button