काङ्ग्रेस दोलखाको प्रदेश सभा(क) मा युवा नेता भुवन केसिको नाम सिफारिस

दोलखा । नेपाली कांग्रेस दोलखाका संगठन विभाग प्रमुख भुवन केसि दोलखाको प्रदेश सभा (क) बाट उम्मेदवार सिफारिस भएका छन ।  जिल्लामा युवा नेताको रुपमा परिचीत  केसी प्रत्यक्षतर्फ प्रदेशसभामा उम्मेदवार सिफारिस भएका हुन ।अब राजनीतिक मात्र  होइन आर्थिक विकास पनि  जरुरी छ त्यसको लागि राजनीतिमा युवाहरु आउनु पर्छ । सोही अनुसार आफु प्रदेश सभाका लागि योग्य रहेको केसिको भनाइ छ । ०५९ मा नेपाल विद्यार्थी संघ गोल्मेश्वर माविको इकाइ अध्यक्ष हुँदै जिल्ला नेतृत्व सम्हालेको केसीसँग अनुभव छ । पार्टी क्षेत्रीय सचिव हुँदै उनी अहिले पार्टीको संगठन विभाग प्रमुखको रुपमा जिम्मेवारी सम्हाली रहेका छन् ।नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा थोरै मतान्तरले महाधिवेशन प्रतिनिधि पराजित भएका केसि नेपाली काङ्ग्रेस दोलखाका आमन्त्रित सदस्य हुन ।केसी अहिले राजनीतिसँगै निर्माण व्यवसायमा समेत सक्रिय छन् । नेपाली काङ्ग्रेसका विभिन्न संगठनका आबद्ध रहेका केसि हाल बिपि अध्ययन प्रतिष्ठान दोलखाका अध्यक्ष रहेका छन

Back to top button