दोलखा माओबादी द्वारा ३७ जनाको नाम सिफारिस

चरिकोट भदौ २२ गते                                      नेकपा माओबादी केन्द्र दोलखाले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको लागि प्रत्यक्ष र समानुपातिक तर्फ बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्का सहित ३७ जनाको नाम सिफारिस गरेको छ । सोमबार बसेको जिल्ला समन्वय समितीको सो नाम केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो ।
सिफारिस हुनेहरुमा प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष तर्फ प्रदेश मन्त्री खड्का, पोलिट ब्युरो सदस्यहरु देवी खड्का र गंगा कार्कि, गोपाल पाण्डे,हेम बहादुर श्रेष्ठ र शंकर लामा रहेक छन । त्यसै गरि प्रतिनिधि सभामा समानुपातिक तर्फ मेख बहादुर खाती,सोम बहादुर तामाङ र टेक बहादुर थामि ,छिरिङ शेर्पा र नर बहादुर पाखृनको नाम सिफारिस गरिएको क्षेत्रीय संयोजक पुष्कर अधिकारीले बताउनु भयो ।
त्यसै गरि प्रदेश सभा (क) मा प्रत्यक्ष तर्फ आङटेण्डी शेर्पा , विमर्शराज कार्की, बासुदेव पोखरेल, बलराम खड्का, नवीन जिरेल र हिमाली गोलेको नाम सिफारिस गरिएको छ भने , समानुपातिक तर्फ भगवती प्रधान , भिम बहादुर श्रेष्ठ ,किशोर कुमार दाहाल, कृष्ण बहादुर कार्की, कृष्ण प्रशाद थपलिया , लालकाजी तामाङ ,प्रेम थोकर, टङ्क बहादुर खाती, तेज बहादुर तामाङ र रिता रिमालको नाम सिफारिस गरिएको संयोजक अधिकारीले बताउनुभयो ।
प्रदेश सभा (ख) बाट प्रत्यक्ष तर्फ गोपाल पाण्डे, कमल श्रेष्ठ ,नर बहादुर पाखृन, नरेन्द्र श्रेष्ठको नाम सिफारिस गरिएको छ भने, समानुपातिक तर्फ ढाल बहादुर लामिछाने ,डोल्मा थामी, रिता रिमाल,कमला कार्की,लक्ष्मी थामी , निला कुमार श्रेष्ठ ,राजेन्द्र नेपाली, शान्त कार्की र सोमबहादुर तामाङको नाम सिमारिस गरिएको जिल्ला समन्वय कमिटिले जनाएको छ । बैठकले ३ जनाको नाम २ ठाउँबाट सिफारिस गरेको छ। गोपाल पाण्डेलाइ प्रतिनिधि सभा प्रत्यक्ष र प्रदेश सभा (ख) बाट , नर बहादुर पाखृन लाई प्रतिनिधि सभा समानुपातिक र प्रदेश सभा(ख) मा प्रत्यक्ष बाट र रिता रिमाललाइ समानुपातिकम दुबै प्रदेश सभा बाट नाम सिफारिस गरिएको जिल्ला समन्वय कमिटिले जनाएको छ ।

Back to top button