जिर्ण भवनमा जोखिम मोलेर बस्न बाध्य छन अभिभावकबिहिन बालबालिका

दोलखा सदरमुकाम चरिकोटबाट करिब २ किलोमीटर तल लामोसाँघु – जिरी सडक मुनि भुकम्पले जिर्ण बनेको भवन रहेको छ । बाहिरबाट हेर्दा चटक्क परेको जस्तो देखिए पनि यो भवन भित्र हेर्दा भने ठाउँ ठाउँमा चिरा परेर चर्किएको छ । सोही चिरा परेको भवन दोलखाको गौरीशंकर बालगृहको भवन हो । नेदरल्यान्डस अन्तरास्ट्रिय बालकल्याण संगठन तथा नेपाल बाल संगठनको संयुक्त सहयोगमा स्थापना गरिएको बालगृह भवनको २०५३ साल कार्तिक ३० गते कार्याबाहक प्रधानमन्त्री एबम श्रम मन्त्री बलबहादुर राइले उद्घाटन गर्नुभएको थियो ।
सुरुवाती चरणमा बिदेशीले सहयोग गरेको बालगृह हाल नेपाल बाल संगठनको जिम्मामा रहेको छ । नेपाल बाल संगठनने जिम्मा लिएपछि जिर्ण बालगृह भवन न अर्को नया भवन बन्या,े न मर्मत नै भयो । बालगृहका बालबालिकाले पोषणयुक्त खाना खानको त परै जाओस राम्रो सग बस्न समेत पाएका छैनन । झण्डै २६ वर्ष पुरानो भवनमा अभिभावकविहिन २५ जना बालबालिका जोखिमपूर्ण रुपमा बस्दै आएका छन । अहिले बालगृहको भवन ब्यवस्थित छैन,भवन चर्किएको छ, झ्यालढोका फुटेका छन सोही कारण हिउँदमा हावाहुरी र बर्खायाममा पानी चुहिने डर छ । बिदेशी सहयोग गरेको बेला बालगृहका बालबालिकाको पठनपाठन सदरमुकाम चरिकोटका निजि बिधालयमा हुने गरेको थियो । सोही बालगृहमा बसेर अध्ययन गरेका बिद्यार्थी डाक्टर,नेपाल सरकारको उच्च तहका कर्मचारी ,राजनिती दलका पदाधिकारी समेत रहेको गौरीशंकर बालगृहका पुर्व अध्यक्ष राकेश श्रेष्ठले बताउनु भयो ।पुर्व अध्यक्ष श्रेष्ठले बताउनु भए अनुसार बालगृहमा नेदरल्यान्ड सरकारले बालबालिकालाई बिधालय लैजान ल्याउन गाडी समेत दिएको र केहि समय पछि नेपाल बाल संगठनले केन्द्रमा लगेको थियो । आजभोली बालगृहका बालबालिका सरकारी बिद्यालयमा पठनपाठन गर्दै आएका छ्न । बालगृहको नाममा करिव ८० रोपनी जग्गा रहेको बालगृह दोलखाका प्रमुख इश्वर दाहालले बताउनु भयो । हुम्ला,जुम्ला ,डोल्पा लगायत जिल्लाका अनाथ तथा असहाय बालबालिका बस्दै आएको प्रमुख दाहालको भनाइ रहेको छ । बालगृहमा रहेका बालबालिकाहरुलाई खानेपानीको समस्या रहेको छ । आजभोलि बर्खायामको समयमा केही सहज भएपनी हिउँदको बेला खानेपानीको लिन आधा घण्टा टाढा जानुपर्ने बाध्यता रहेको प्रमुख दाहालले बताउनुभयो । दाहालले बताउनुभए अनुसार बालबालिकाहरु करिव एकघण्टा पैदल हिडेर बिधालय पुग्ने गर्दछन । नेपाल बाल संगठन दोलखाका उपाध्यक्ष रामकृष्ण थापाले आर्थिक समस्या रहेका कारण भवन निर्माण र बालगृहको ब्यवस्थापन गर्न नसकिएको बताउनुभयो ।

Back to top button