दोलखा काङ्ग्रेस प्रदेश (क) मा हस्तालाल लामा (याेञ्जन)को सशक्त उम्मेदवारी

दोलखा । आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा चुनाव नजिकिए सगै जिल्लामा चुनावी चहलपहल बढ्न थालेको छ। जिल्लाबाट उम्मेदवार सिफारिस भएसगै प्रत्यक्ष र समानुपातिक तर्फ को कति शक्तिशाली भन्ने पनि चर्चा चल्न थालेको छ ।नेपाली काङ्ग्रेस दोलखाले प्रदेश (क) मा समानुपातिकमा सिफारिस गरेका हस्तालाल लामा(याेञ्जन) सशक्त उम्मेदवार हुन ।समानुपातिक उम्मेदवार लामा दोलखा कांग्रेसका सालिन र भद्र ब्यक्ति हुन ।
पार्टिभित्र तार्किक र बैचारिक बिचार राख्न सक्ने नेताको रुपमा चिनिने उनि नेपाली कांग्रेस दोलखाको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बिगत २५ बर्ष देखी विभिन्न रुपमा पदमा रहेर वा नरहेर सहयोग र योगदान पुर्याउदै आएका छन ।लोकप्रिय नेताका रुपमा परिचीत लामा सालिन स्वभाव र इमान्दार नेताका रुपमा परिचित छन।
लामा लामो समय देखि सक्रिय राजनीतिमा क्रियाशिल रहेका छन । नेपाली कांग्रेसले राना शासन बिरोधि सशक्त जनमुक्ति सेनाद्वारा २००४ साल देखि २००७ साल सम्मको पुर्व २ नम्बर मेलुङ दोलखा आन्दोलनको बेला जनमुक्ति आन्दोलनकारी बुवा दावा लामा (मिक्सु) देखिकै पारिवारिको रगत कांग्रेसमा बगेको छ ।

उनले विद्यार्थी कालदेखी ,माओवादी जनाआन्दोलनको बेलासम्म पटकपटक पिडा भोगेका थिए ।

उहाँको परिवार देखिकै नेपाली कांग्रेस पार्टिलाइ योगदान पुर्याउने दोलखाको दक्षिण भेग घ्याङ भेड्पुमा संस्थागत नेपाली कांग्रेस स्थापना गरेको पारिवारिक पृष्ठभुमि कारण उनको परिवारको योगदान र मेहेनतले स्व. भिम बहादुर तामाङले निर्वाचन जित्नमा सहयोग पुगेको दोलखा काङ्ग्रेसका पुराना नेताको बुझाइ छ ।

उनी दोलखा कांग्रेस भित्र पदको राजनीति भन्दा पनि आचरण ,ब्यबहारिक ,बिचार र सिद्धान्तको राजनीति लाई जोड दिने नेताको रुपमा परिचित छन ।
लामा प्रदेश सांसद बन्ने प्रबल सम्भावना बढ्दै गएको देखिन्छ। उनी समानुपातिक प्रदेश सांसदका बलियो उम्मेदवार हुन । जिल्लाका शिर्ष नेताहरुले समेत लोकप्रिय नेताको रुपमा चिनिने उनको केन्द्रमा पनि राम्रो प्रभाव रहेको छ ।

Back to top button