कालिन्चोकका ५० जना कृषकलाइ बिउ भण्डारका लागि बिज बक्स बितरण

चरीकोट, भदौ २८ गते
दोलखाको कालिन्चोक गाउँपालिकाका ५० जना कृषकलाइ बिउ भण्डारका लागि बिज बक्स बितरण गरिएको छ । बिकास कोष नर्वेको सहयोगमा नाम्सालिङ सामुदायिक बिकास केन्द्रले संचालन गरेको एकिकृत सामुदायिक बिकास परियोजनाबाट गाउँपालिकाका ५० जना कृषकलाइ सो बक्स बितरण गरिएको हो । गाउँमा सन्चालनमा रहेका कृषि समुहबाट छनोट भएका कृषकहरुलाइ बालि संरक्षण तथा बिउ भण्डार सम्बन्धि तालिम दिएर बिज बक्स उपलब्ध गराइएको परियोजनले जनाएको छ ।
गाउँपालिका वडा नम्बर ५का कृषकलाइ २३ वटा र वडा नम्बर १ का कृषकलाइ २७ वटा बिज बक्स उपलब्ध गराइएको नाम्सालिङ सामुदायिक बिकास केन्द दोलखाका जिल्ला संयोजक राजन केसीले बताउनुभयो ।
बितरण गरिएको बिज बक्समा कृषकले एकपटकमा ५० केजि सम्म बिउ भण्डारण गर्न सक्ने छन । सो बक्समा भण्डारण गरिएको बिउ बिग्रने,कुहिने, किरा लाग्ने जस्ता समस्या नआउने संयोजक केसीको भनाइ रहेको छ । विशेषगरी बिज बक्समा धान, कोदा, मकै लगायतका अन्न बालिका बिउ भण्डारण गर्न सकिने छ ।
बिज बक्स बितरण गर्दै गाउँपालिका ५ लापिलाङका वडा अध्यक्ष सहदेव खड्काले कृषकहरुले भण्डारण गरेको बिउ बिग्रने, नउम्रिने जस्ता समस्याबाट मुत्त भएको बताउनुभयो । वडा अध्यक्ष खड्काले बिज बक्सको सदुपयोग गरि बिउ भण्डारण गर्न कृषकहरुलाइ आग्रह समेत गर्नुभयो । बिज बक्स पाएपछि आफुहरुमा खुसि छाएको स्थानीय कृषक सुके माया थामीले बताउनुभयो ।वर्षौ देखि राखेको बिउ कहिले नउम्रिने,राखेकै ठाँउमा कुहिने जस्ता समस्याबाट छुटकारा पाएको उहाँको भनाइ रहेको छ ।

Back to top button