समुदाय–प्रहरी साझेदारी कार्यक्रम : सवारी चालकको स्वास्थ्य परिक्षण

चरीकोट, भदौ २८गते
सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्यले ट्राफिक प्रहरी दोलखाले सवारी चालक तथा सहचालकको स्वास्थ्य परिक्षण कार्य तीव्र पारेको छ । सवारी चालकका कारण पनि दुर्घटना भईरहेकाले ट्राफिक प्रहरी कार्यालय दोलखाले समुदाय प्रहरी साझेदार कार्यक्रम संचालन गरेको हो ।
सोही कार्यक्रम अनुसार ट्राफिक प्रहरीले जिल्लाका विभिन्न क्षेत्रमा क्याम्प खडा गरी चालकको स्वास्थ्य परिक्षण गरिरहेको जिल्ला ट्राफिक प्रहरी दोलखाका प्रमुख बिष्णु पुरीले जानकारी दिनुभयो । सार्वजनिक तथा निजि यातायातका सवारी चालक तथा सहचालकहरुको स्वास्थ्य परिक्षण गरिएको छ । स्वस्थ चालकले नै सुरक्षित रुपमा सवारी साधन चलाउन सक्ने भएकाले यो अभियान संचालन गरिएको उहाँको भनाइ रहेको छ । आइतबार जिल्ला सदरमुकाम चरीकोटमा ६० जना सवारी चालकको स्वास्थ्य परिक्षण गरिएको ट्राफिक प्रहरी प्रमुख पुरीले बताउनुभयो । च्छोरोल्पा अस्पतालको सहयोगमा चालकहरुको उच्च ्रब्लड प्रेसर, मुटुको धड्कन अक्सिजन परिक्षण गरिएको थियो । परिक्षणको क्रममा स्वास्थ्य समस्या देखिएका चालकहरुको समयमा नै उपचार गर्नको लागि आग्रह गरिएको ट्राफिक प्रहरीले जनाएको छ । । ट्राफिक प्रहरीले समुदाय प्रहरी साझेदार कार्यक्रम अन्तर्गत विद्यालय ,क्याम्पसमा लागू पदार्थ सेवन दुव्र्यसनी न्युनिकरण सम्वन्धी जनचेतना फैलाउने,नियमित चेकजाँच गर्ने लगायतका काम गर्दै आईरहेको दोलखा ट्राफिक प्रहरीले जनाएको छ ।

Back to top button