रास्ट्रपतिको कदम विरुद्ध वाइसीएल दोलखाले बुझायो सिडियो कार्यालयलाई ज्ञापनपत्र

दोलखा । रास्ट्रपति विद्यादेवी भण्डारीको कदम विरुद्ध वाइसीएल दोलखाले जिल्ला जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएको छ ।
शुक्रबार वाइसीएल दोलखाका अध्यक्ष साङ्गे शेर्पाको नेतृत्वको टोलिले प्रशासन कार्यालय दोलखा मार्फत रास्ट्रपतिको कार्यलयलाई पठाउने गरि ज्ञापनपत्र बुझाएको हो । राष्ट्रपति ज्यू ले संविधानको पालन र संरक्षण गर्नुपर्ने कर्तव्यको सवैधानिक व्यवस्थामाथि नै गम्भिर रुपले प्रहार गरेको ठहर वाइसीएल दोलखाले गरेको छ ।राष्ट्रपति ज्यूको यो गैरसवैधानिक कदमबाट जनताले निर्वाचित गरेको सघिय संसदको घोर अपमान र अवमूल्यन भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

हेर्नुस ज्ञापनपत्र
मिति २०७५ असोज ५ गते बसेको सरकारमा सहभागि दलहरुका युवा संगठनहरुको संयुक्त बैठकले
प्रतिनिधि सभा र राष्ट्रिय सभा बाट पुनः पारित भई प्रमाणिकरणका लागि सम्माननीय राष्ट्रपति ज्यू
समक्ष पेश भएको नागरिकता विधेयक संविधानले सुनिश्चित गरेको १५ दिनको समय सिमा भित्र
प्रमाणिकरण नगरेर महामहिम राष्ट्रपति ज्यू ले संविधानको पालन र संरक्षण गर्नु पर्ने कर्तव्य को
सवैधानिक व्यवस्थामाथि नै गम्भिर रुपले प्रहार गरेको ठहर गर्दछ । राष्ट्रपति ज्यूको यो गैरसवैधानिक
कदमबाट जनताले निर्वाचित गरेको सघिय संसदको घोर अपमान र अवमूल्यन भएको छ । राष्ट्रपति
ज्यूको यो जनविरोधि कदमबाट एकातिर नागरिकता प्राप्त गरिसकेका नेपाली आमा बुबाका सन्तानले नेपाली नागरिकता प्राप्त गर्ने संवैधानिक हकबाट बञ्चित भएका छन भने अर्को तिर सविधान सभा बाट निर्मित संविधानले व्यवस्था गरेको जनतामा निहित सार्वभौमसत्ता संबैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधरभूत मान्यतामा गम्भिर प्रहार भएकोमा सरकारमा सहभागी युवा संगठन र योङ्ग कम्युनिष्ट लीग, नेपाल दोलखाको ठहर छ ।
महामहिम राष्ट्रपति ज्यूको कदम बाट नागरिकता विहिन नेपाली नगारिकहरुलाई नागरिकता प्राप्त गर्ने सवैधानिक अधिकार बञ्चित गरिएको हुदा सघिय लोकतान्त्रिक गणतन्त्र नेपलको संविधान २०७२ को पुर्ण पालन र संरक्षणको लागि योङ्ग कम्युनिष्ट लीग, नेपाल यो ज्ञापन मार्फत जोडदार आग्रह गर्दछौँ ।
धन्यवाद ।

Back to top button