जन्मगाउँ पुगेर कुन्दन काफ्लेले भने : टिकट लिएर आए जितेर फर्किन्छु

दोलखा । दोलखाबाट प्रदेश सभा सदस्यका उमेदवार कुन्दनराज काफ्लेले टिकट लिएर गाउँ आएकाले अब बिजय भएर फर्किने बताएका छन ।
मनोनयन दर्ता पछि आफ्नो गृह वडा तामाकोसी -३ जफे पुगेका काफ्लेले काङ्ग्रेसको कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन

लामो राजनीति यात्राको संघर्षपछि पहिलोपटक जनतासँग उमेदवार बनेर आएको उनले बताए ।
आफू जन्मेहुर्केको माटोमा गाउँलेसँग आर्शिवाद लिन आइपुगेको उनको भनाइ रहेको छ ।
जनप्रतिनिधि नभए पनि आफ्नो जन्मभूमिप्रतिको अभिभारा आफूले कहिल्यै नबिर्सेको उनको भनाइ छ ।
आफू पदमा भए पनि वा पदमा नभएर जहाँ भए पनि गाउँ र समग्र दोलखाको विकासमा भूमिका खेलिरहेको उनको भनाइ रहेको छ ।
उनको उम्मेदवारी सगै उनको गाउँ सहित दोलखाका मतदाता उत्साहित भएका छन ।

Back to top button