दोलखामा तीन सिटको लागी ५३ जनाको उम्मेदवारी,महिला उम्मेदवार शुन्य

दोलखा । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि ५३ जनाले मनोनयन दर्ता गरेका छन । एक प्रतिनिधि सभा र दुइ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको दोलखामा तीन सिटको लागी ५३ जनाले मनोनयन दर्ता गरेपनि महिलाको उम्मेदवारी भने शुन्य रहेको छ । जिल्लामा प्रत्यक्ष तर्फ महिलाको उम्मेदवारी शुन्य रहेको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ । महिलालाई टिकट नदिनु र नेतृत्वसम्म नपुग्नुको कारण दलहरुको पुरातन सोच रहेको नेपाली कांग्रेसकी नेतृ तारा थपलियाले बताउनुभयो । जिल्ला निर्वाचन कार्यालय दोलखाका अनुसार प्रतिनिधि सभा सदस्य पदका लागी २२ जना र प्रदेश सभामा ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन ।प्रदेश निर्वाचन क्षेत्र नं १ मा १८ जना र क्षेत्र नं २ मा १३ जनाले मनोनयन दर्ता गरेका छन ।
प्रतिनिधि सभामा गठबन्धनको तर्फबाट मावबादी केन्द्रका गंगा कार्की र नेकपा एमालेको तर्फबाट बालकृष्ण शिवाकोटीले उम्मेदवारी दर्ता गराउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बिजय खड्का,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको तर्फबाट नबराज श्रेष्ठ,नेपाली कांग्रेस बीपीबाट लोक बहादुर खड्का,जनता समाजबादी पार्टी नेपालबाट दावा शेर्पा,हाम्रो नेपाली पार्टीबाट विश्वनिती प्रकाशमान सिंह पाख्रिन,राष्ट्रिय स्वतन्त्र पार्टीबाट जगदिश खरेल, नागरिक उन्मुत्ति पार्टीबाट शुक्र तामाङ,मंगोल नेसनल अर्गनाइजेशन पार्टीबाट कुमार तामाङ,नेपाल कम्युनिष्ट पार्टीबाट खिम बहादुर शिवाकोटी ,लोकतान्त्रिक समाजबादी पार्टी नेपालबाट गोपाल नेपाली, नेपाल मजदुर किसान पार्टीबाट गोपाल बहादुर शिवाकोटी,जनसमाजबादी पार्टीबाट जनार्दन पोखरेल,स्वतन्त्र उम्मेदवारमा भबेन्द्र कार्की,जिबनाथ शिवाकोटी,टंक बहादुर खाती,ठाकुर बहादुर बुढाथोकी,बद्री दाहाल, राम बहादुर बुढाथोकी ,यज्ञराज न्यौपाने, र बिर बहादुर कार्कीले उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रदेश निर्वाचन क्षेत्र नं १ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका कुन्दनराज काफ्ले, नेकपा एमालेको तर्फबाट नर बहादुर श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राम बहादुर तामाङ,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको तर्फबाट संघर्ष थोकर, ,जनसमाजबादी पार्टी नेपालबाट सुरेश कार्की ,मंगोल नेसनल अर्गनाइजेशन पार्टीबाट तोक बहादुर गुरुङ,नेपाल कम्युनिष्ट पार्टीबाट रोशन प्रशाद रिमाल ,लोकतान्त्रिक समाजबादी पार्टी नेपालबाट जित बहादुर जिरेल, नेपाल मजदुर किसान पार्टीबाट कृष्ण गोबिन्द लाखाजु,जनता समाजबादी पार्टीबाट मान बहादुर सुनुवार,नेपाल आमा पार्टीबाट भिमसेन बजगाई,स्वतन्त्र उम्मेदवार आङ दोर्जे शेर्पा,टिका बहादुर तामाङ,निमारिन्जी शेर्पा, रत्न बहादुर आपागाई,रमेश कुमार थोकर,रामजी तामाङ,शान्त बहादुर तामाङले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
प्रदेश निर्वाचन क्षेत्र नं २ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका बर्मा लामा र नेकपा एमालेको तर्फबाट भरत बहादुर केसीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजन बहादुर शिवाकोटी,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको तर्फबाट शिब प्रशाद पकुवाल, ,मंगोल नेसनल अर्गनाइजेशन पार्टीबाट खडक बहादुर तामाङ,नेपाल कम्युनिष्ट पार्टीबाट शान्त कुमार खत्री , नेपाल मजदुर किसान पार्टीबाट तिर्थ रत्न राजचल, जनता समाजबादी पार्टी नेपालबाट बिछी कुमार थामी,नेपाल आमा पार्टीबाट अमृत बहादुर चौलागाई स्वतन्त्र उम्मेदवार दावा तामाङ,नबराज खरेल, नेत्र बहादुर भुजेल र राधाकृष्ण थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

Back to top button