म बोलेर हैन गरेर देखाउछु : कुन्दनराज काफ्ले

दोलखा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम दोलखा प्रदेश सभा (क) का उम्मेदवार कुन्दनराज काफ्लेले आफू शासक होइन् जनताको सेवक बन्ने बताउनुभएको छ घरदैलो गर्दै गौरीशंकर पुग्नुभएका काफ्लेले सो कुरा बताउनुभएको हो । उहाँले आफू निर्वाचनमा उम्मेदवार भएर आफ्नो कुरा राख्नभन्दा जनताको कुरा सुन्न आएको बताउनुभएको छ । म उधारो सपना सुनाउन हैन केही गर्नुपर्छ भनेर उम्मेदवार बनेर आएको बताउदै उहाँले भन्नुभयो,म झुटो आश्वासन दिन आएको होइन ,तपाईंहरुको समस्या सुन्न आएको हो , तपाईंहरु मत दिने मतदाता सबै भगवान रहेको बताउदै उहाँले कस्तो व्यक्तिलाई यो ठाउँको सेवक बनाउने जिम्मा तपाईंहरुको हातमा रहेको बताउनुभयो । हिजो निर्वाचित भएर गएका नेताहरुले दोलखाको मुहार फेर्न नसकेको काफ्लेले आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो निर्वाचित भएर जाने हिजोको नेताहरुले केही गरेनन् भनेर गुनासो गर्नुभन्दा अब सहि उम्मेदवार छान्ने बेला आएको छ । अब हुने निर्वाचनमा पहिले जस्तो गल्ती नगर्न स्थानीयहरुलाइ आग्रह गर्नुहुदैँ काफ्लेले हिजो जसलाई जिताउनुभयो,उसले काम गरेको छैन भने फेरि पनि उसैलाई जिताउन नहुने उहाँको भनाइ रहेको छ । लामो राजनीति यात्राको संघर्षपछि पहिलोपटक जनतासँग उमेदवार बनेर आएको उहाँले बताउनुभयो ।
जनप्रतिनिधि नभए पनि आफ्नो जन्मभूमिप्रतिको अभिभारा आफूले कहिल्यै नबिर्सेको उहाँको भनाइ छ । आफू पदमा भए पनि वा पदमा नभएर जहाँ भए पनि गाउँ र समग्र दोलखाको विकासमा भूमिका खेलिरहेको उहाँको भनाइ रहेको छ ।
गठबन्धनको साझा उम्मेदवार रहनुभएका काफ्लेको मुख्य प्रतिस्पर्धी नेकपा एमालेका तर्फबाठ नर बहादुर श्रेष्ठ रहनुभएको छ । एक प्रतिनिधि सभा र २ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको दोलखामा ५२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन ।

Back to top button