बिहान एमाले प्रवेश गरेको हल्ला फिजाइएका काङ्ग्रेस नेता शेर्पा र गुरुङले भने हामी काङ्ग्रेस नै हौ

दोलखा । बिहिवार बिहान एमाले प्रवेश गरेको हल्ला फिजाइएका काङ्ग्रेस नेता शेर्पा र गुरुङले आफुहरु काङ्ग्रेस नै रहेको बताएका छ्न ।
नेपाली काङ्ग्रेस गौरीशंकर गाउँपालिकाको कार्यसमिती सह सचीव फुरे शेर्पा र अर्का काङ्ग्रेस नेता ज्ञान बहादुर गुरुङले आफुहरु काङ्ग्रेस नै रहेको बताएका हुन ।
विभिन्न  प्रलोभन देखाउदै चरिकोट बोलाएर आफुहरुलाइ एमालेले पार्टी प्रवेश गराएको उनिहरुको भनाइ छ ।
बिहिवार बेलुका सिगटिमा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम प्रदेश सभा १ का उम्मेदवार कुन्दनराज काफ्ले सग भेटघाटको क्रममा उनिहरुले आफू काङ्ग्रेस नै रहेको बताएका हुन । हिजो नि काङ्ग्रेस नै रहेको र अब पनि काङ्ग्रेसमा नै क्रियाशिल रहने उनिहरुको भनाइ रहेको छ ।

Back to top button