दोलखामा अझै सुरु भएन मतगणना

दोलखा । आइतबार राति नै मतपेटिका सदरमुकाम चरिकोट ल्याइए पनि दोलखामा मतगणना भने अझै सुरु हुन सकेको छैन। दोलखाका ५ स्थानमा बुथ कब्जा भएको र मतदान स्थगित गरेर पुन मतदानको माग गर्दै एमालेले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका कारण मतगणना सुरु हुन नसकेको हो। निर्वाचन आयोगले २४ घण्टा बितिसक्दा पनि निर्णय दिन सकेको छैन। आयोगका अधिकारीले बैठक चलिरहेको र दोलखाको विवाद बारे साँझसम्म निर्णय दिने बताएको निर्वाचन कार्यालय दोलखाले जनाएको छ।मतगणना तत्काल सुरु गर्न माग गर्दै दोलखामा सत्ता गठबन्धन निकट कार्यकर्ताले चर्को नाराबाजी थालेका छन्।  प्रमुख निर्वाचन अधिकृतको कार्यालयले मत गणना गर्ने स्थान गौरीशंकर बहुमुखी क्याम्पस अगाडि नाराबाजी गरेका हुन्। एमाले दोलखाले प्रशासनको आडमा सत्ता गठबन्धनले बुथ कब्जा गरेको आरोप समेत लगाएको छ ।

Back to top button