मतगणना गर्न माग गर्दै दोलखामा दिनहु आन्दोलन

मङ्सिर ८ गते
मतगणना गर्न माग गर्दै दोलखामा सत्ता गठबन्धन दलहरु दिनहुँ आन्दोलनमा गरिरहेका छन । गठबन्धन दलका उम्मेदवारसहित नेता कार्यकर्ता दिनहुँ धर्ना देखि राके जुलुस बालेर आन्दोलन गरिरहेका छन । बुधबार दिउँसो उम्मेदवारहरु धर्नामा बसेका थिए । मङ्सिर ४ गते सम्पन्न भएको निवार्चनको मतगणना आजसम्म सुरू हुन नसकेपछि उम्मेदवारहरु तोकिएको मतगणना स्थल गौरीशंकर क्याम्पस बाहिर धर्नामा बसेका थिए । दिउसो धर्नामा बसेर बिरोध जनाएका उनिहरुले बेलुका सातदोबाटो चोकमा मसाल जुलुस निकालेका थिए । बिहिबार पनि उनिहरु आन्दोलनमा उत्रिएका छन ।
गठबन्धन दलले केही मतदान केन्द्रमा धाँधली गरेको आरोप नेकपा एमालेले लगाएको छ ।
एमालेबाट दोलखामा उम्मेदवार रहेका बालकृष्ण शिवाकोटीले गठबन्धनदलले बुथ कब्जा गरेको दावी गर्दै पुन मतदानको मागसहित निर्वाचन
अधिकृतको कार्यालयमा उजुरी दिएपछि जिल्लामा मतगणना सुरु हुन सकेको छैन । तर गठबन्धन दलले भने विधिसम्मत तरिकाले निर्वाचन भएकोले
मतगणना गरिनुपर्ने माग गर्दै बुधबार दिउँसो धर्ना दिएका थिए । धर्नामाप्रतिनिधि सभाका माओबादी केन्द्रका उम्मेदवार गंगा कार्काी,नेपालीकांग्रेसको तर्फबाट प्रदे्श क का उम्मेदवार कुन्दनराज काफ्ले र प्रदेश ख का उम्मेदवार बर्मा लामा रहनुभएको थियो ।
दोलखाका ५ स्थानमा बुथ कब्जा भएको र मतदान स्थगित गरेर पुन मतदानको माग गर्दै एमालेले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको छ ।
निर्वाचन आयोगले आजसम्म पनि निर्णय दिन सकेको छैन । मतगणना तत्काल सुरु गर्न माग गर्दै दोलखामा सत्ता गठबन्धन निकट कार्यकर्ताले दिनहुँ
दोलखामा नाराबाजी गर्दै आएका छन । प्रमुख निर्वाचन अधिकृतकोकार्यालयले मत गणना गर्ने स्थान गौरीशंकर बहुमुखी क्याम्पस अगाडि
नाराबाजी गर्दै आएका छन । यता मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले भने बुधबार  एक सुचना जारी गर्दै निर्वाचन आयोगबाट निर्णय भइ
नआएसम्मका लागी मतगणना प्रक्रिया अगाडी नबढाउनु भन्ने निर्देशन प्राप्त भएकाले सोहि बमोजिम अर्को सुचना जारी नभएसम्मको लागी मतगणनाको कार्य स्थगित भएको जनाएको छ ।

Back to top button