एम्बुलेन्स बिरामि , जनप्रतिनिधिलाई लाखौंको गाडि, बिरामीलाई महँगो भाडाको बोलेरो

दोलखा, मङ्सिर २६ गते। जिल्लाको तामाकोसी गाउँपालिकामा सञ्चालित एम्बुलेन्स लामो समय देखि आफैं बिरामी भएर कार्यालयमा नै थन्किएको छ। व्यवस्थापनमा लापरबाही र पालिकाको बेवास्ताले एम्बुलेन्स अलपत्र अवस्थामा थन्किएको हो। कार्यलयमा थन्किएको एम्बुलेन्स मर्मतमा कसैको ध्यान जान सकेको छैन। चिल्ला गाडिमा सवार हुने जनप्रतिनिधिको आँखा अझै त्यो एम्बुलेन्समा पुगेको छैन । लाखौंको गाडिमा सवार हुने जनप्रतिनिधि र कर्मचारीहरुले एम्बुलेन्स मर्मतमा कुनै चासो दिएका छैनन ।

नेपाली कांग्रेस नेता जिपछिरिङ लामाले सहयोग गरेको एम्बुलेन्स बिग्रेर महिनौँ भइसक्दा पनि मर्मतमा कसैले वास्ता नगर्दा  अलपत्र रहेको कार्कीको भनाइ रहेको छ।

पटक पटक महँगो भाडा लिएर सो एम्बुलेन्स सेवा विवादमा आउने गरेको थियो। नयाँ हुँदा धेरै जनाको  कमाइ खाने भाडो बनेको एम्बुलेन्स पुरानो भएर कमाइ दिन छोडेपछि अलपत्र अवस्थामा थन्क्याइएको छ।गाउँपालिकाको एम्बुलेन्स बिग्रेर थन्किएको चार महिना भन्दाबढी भइसकेको छ।

एम्बुलेन्स कार्यालय परिसरमा खिया लाग्ने गरी थन्किएको छ। यतिका समय एम्बुलेन्स थन्किँदा इन्जिन र पार्टपुर्जामा खिया लागेको छ ।

गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले चाहिएको बेला कार्यालयको गाडिबाट सेवा सुविधा पाउने भएपछि सर्वसाधारणको काममा आउने एम्बुलेन्समा कसैको ध्यान नपुगेको स्थानीयको आरोप छ।

कार्यालयमा बिग्रेर राखिएको एम्बुलेन्सको मर्मत गर्नतर्फ कसैको चासो छैन। बरु नयाँ एम्बुलेन्स खरिदको प्रक्रियामा जनप्रतिनिधि र कर्मचारी  जुटेका छन्।

यता गाउँपालिका प्रशासकीय अधिकृत गोरखनाथ मिश्रलाई एम्बुलेन्स किन नचलेको भनेर सोध्दा  बिग्रिएर भन्ने ठाडो जवाफ दिन्छन । आफू अनुकुल जस्तोसुकै निर्णय गर्न तयार हुने तामाकोसीका जनप्रतिनिधि र कर्मचारी जनता बिरामी हुँदा बोक्ने एम्बुलेन्स ब्यवस्थापन गर्न भने खासै चासो दिएको देखिदैन ।

Back to top button