नि:शुल्क गुणस्तरीय सार्बजानिक शिक्षा बिषयक कार्यक्रम दोलखामा सप्पन्न

दोलखा। ७४ औ अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा शिक्षाको लागि राष्ट्रिय अभियान ले शिक्षा अधिकारः मानव अधिकार विषयक कार्यक्रम सप्पन्न  गरेको छ। सोमबार सदरमुकाम चरिकोटको आशीर्वाद होटलमा सो कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वर नाराण मानन्धरले गुणस्तरीय शिक्षाको लागि शैक्षिक कार्यक्रमसंगै रोजगारी र अधिकारको विषय पनि अगाडी बढाउनु पर्ने बताए  ।
कार्यशालामा कुटिडाँडा मावि मकैबारीका प्रधानाध्यापक शङ्करलाल श्रेष्ठले शैक्षिक सुधारका लागि अपनाउनु पर्ने विधिहरुको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । एनईसि नेपाल दोलाखका अध्यक्ष उद्धव पोखरेलको अध्यक्षतामा सम्पन्न भएको कार्यशालामा प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा, नेपाल बार एशोसियसन दोलखाका अध्यक्ष कृष्णबहादुर वस्नेत, पत्रकार महासंघ दोलखा शाखाका सचिव दिलबहादुर केसी, भीमेश्वर नगरपालिका शिक्षा शाखाका अधिकृत अर्जुन कार्की, एनईसि नेपाल दोलाखका सचिव विनिता शिवाकोटी लगायतले शैक्षिक सुधारमा स्थानीय तह लगायत सरोकारवालाहरुले खेल्नुपर्ने भूमिकाको विषयमा सुझाब दिएका थिए ।
कार्यक्रममा इन्सेक, मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक, नेपाल) दोलखा, नेपाल पत्रकार महासंघ दोलखा, नेपाल बार एशोसियसन दोलखा, आवाज नेपाल दोलखा र मानव अधिकार एलायन्स दोलखाले सहकार्य गरेका थिए ।

Back to top button