भीमेश्वर बहुउद्देश्यीय सहकारी संस्थाको २४ औँ बार्षिक साधारण सभा सम्पन्न

दोलखा। जिल्लाको तामाकोशी गाउँपालिका–१ भिरकोटमा रहेको भीमेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको साधारण सभा क्षेत्र गत रुपमा सप्पन्न गरि प्रतिनिधिमुलक साधारण सभा बिहीवार सहकारीले संचालन गरेको दाना उद्योगमा सप्पन्न भएको हो ।
संस्थाले सदस्यहरुलाई सहजताका लागि क्षेत्रगत रुपमा साधारण सभा सञ्चालन गरेको थियो । साधारण सभामा संस्थाको आर्थिक तथा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुतिका साथै आगामी वर्षको प्रस्तावित नीति तथा कार्यक्रम सार्वजनिक गरी पारित गरिएको छ।
संस्थाको कुल पुँजी ४२ करोड ५८ लाख १० हजार रुपैयाँ र ऋण लगानी ३५ करोड ६७ लाख ५१ हजार रुपैयाँ रहेको संस्थाले जनाएको छ । संस्थामा कुल शेयर सदस्य सात हजार ८ सय सात जना रहेका छन्, भने बाल बचतकर्ता २५ सय ४३ जना रहेका छन् । संस्थाका सचिव बाबुराम कार्कीले ग्रामीण समुदायको आर्थिक र सामाजिक सशक्तिकरणमा सहकारीले नीति, सिद्धान्त र स्वनियममा रहेर सहयोग गरिरहेको बताए । २०५२ सालमा स्थापना भएको उक्त सहकारीले विभिन्न चुनौतीको सामना गर्दै यहाँ सम्म आइपुगेको संस्थाले जनाएको छ ।
उक्त सहकारी संस्थाले तीन वर्षदेखि जिल्लामै पहिलो पटक पशुपन्छी पेलेट दाना उद्योग सञ्चालन गरिरहेको छ । व्यवसायिक रुपमा कृषि खेती र पशुपालनमा प्रोत्साहन गर्न र युवालाई रोजगारी दिने उद्देश्यले सञ्चालन गरिएको संस्थाका का.मु व्यवस्थापक उदय कटुवालले बताए ।
संस्थाका अध्यक्ष सिताराम उप्रेतीको अध्यक्षता सम्पन्न साधारण सभामा जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईंको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा एकीकृत समाजबादिका पोलिटब्युरो सदस्य शिव प्रशाद भन्डारी, तामाकोसी गाउँपालिकाकी उपाध्यक्ष सिर्जना सुवेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

Back to top button