बागमतीमा इन्द्र र बहादुरको टकारावकाबीच मुख्यमन्त्रीमा कुन्दन काफ्लेको चर्चा

निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न भएको निर्वाचनको अन्तिम मत परिणामसहितको प्रतिवेदन बुझाउन तयारी गरिरहेको छ । यससंगै प्रदेशहरूमा सरकार गठनको चर्चा सुरु भइसकेको छ । बागमती प्रदेशमा पनि सरकार गठनको हिसाबकिताब सुरु भइसकेको छ ।

बागमती प्रदेशमा कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत पाउन सकेको छैन । यद्यपी सत्तारुढ गठबन्धन दल भित्रमा भने प्रदेश सरकारको नेतृत्व कसले लिने भन्ने विषयमा भने होडवाजी सूरु भइसकेको छ ।
बागमती प्रदेश सरकारको मुख्यमन्त्रीका लागि प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, केन्द्रीय सदस्यद्वय बहादुरसिंह लामा र कुन्दनराज काफ्ले पार्टी नेतृत्वसँग निरन्तर लविङ गरिरहेका छन् । बानियाँ र लामा सभापति देउवा निकटका नेता हुन् भने काफ्ले पार्टीका पूर्व महामन्त्री कृष्ण सिटौला निकट छन् ।

संस्थापन पक्ष दुई धारमा

बागमतीमा मुख्यमन्त्रीलाई लिएर पार्टी भित्रको संस्थापन पक्षमा दुई धारदेखिएको छ । प्रख्यात निर्माण व्यावसायी लामा र बानियाँ मुख्यमन्त्री पद कै कारण पछिल्लो समय एकले अर्कालाई आरिस समेत गर्न थालेका छन् । दुवै जनाले संसदीय दलको नेता बन्न पार्टी भित्र आन्तरिक तयारी अघि बढाएका छन् । अघिल्लोपटक संसदीय दलको नेता भइसकेका बानियाँ यो पटक मुख्यमन्त्री छाड्न तयार छैनन् ।

विवादमा बानियाँ

गत मंसिर ४ को निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोप बानियाँ माथि लागेको छ । पार्टी सहमहामन्त्री समेत रहेकी मकवानपुर क्षेत्र नं. १ बाट उम्मेदवार महालक्ष्मी उपाध्यायलाई हराएर विपक्ष उम्मेदवारलाई सघाएको यति ठुलो आरोप लाग्दा समेत बानियाँले उक्त आरोपको खण्डन गर्ने आँट समेत गरेनन् । बानियाँ आफ्नै कारण मुखमा आइसकेको मुख्यमन्त्री पद खुस्किसकेको उनी निकठस्त नेताहरु नै दावी गर्छन् ।
राप्रपाका नेता दिपक सिंहलाई निर्वाचनमा खुलेआम सहयोग गरेको विषय बाहिर आएसँगै सहमहामन्त्री उपाध्याय र बानियाँबीचको सम्वन्ध थप चिसिँदै गएको छ । बालुवाटारसँग निकट रहेकी उपाध्याय केन्द्रीय राजनीतिमा बानियाँ भन्दा राम्रो प्रभाव राख्न सक्ने नेतृ हुन् ।

उपाध्यायलाई निर्वाचनमा असहयोग गरेकै कारण बानियाँसँग पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा असन्तुस्ट बनेका छन् । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले पनि बानियाँलाई छाडेर बहादुरसिंह लामालाई बोकेपछि उनको मुख्यमन्त्री बन्ने यात्रामा विराम लाग्दै गएको बानियाँका विश्वासपात्रहरु कै ठम्याई छ ।
नुवाकोटका स्थायी बासिन्दा समेत रहेका महत जुनकुनै अवस्थामा पनि मुख्यमन्त्री आफ्नो जिल्लावासीलाई बनाउने पक्षमा उभिएका छन् । त्यसोहुँदा नेता शेखर कोइराला पक्षका नेताहरु अर्जुन नरसिंह केसीको पनि बलियो साथ रहने लामा निकटका नेताहरुको आंकलन छ । किनकी लामा प्रदेशमा झर्न सहमत भएपछि नै केसीले टिकट पाएका थिए ।

पार्टी भित्र विवास्पद छवि बनाएका बानियाँ निर्माण व्यवसाय क्षेत्रमा पनि उत्तिकै विवादित छन् । निर्माण व्यवसाय क्षेत्रमा बानियाँ र लामाले थुप्रै योजनाहरु अलपत्र पारेको उनीहरु माथि आरोप छ । दुवै व्यक्तिहरुको विवादित छविका कारण मुख्यमन्त्रीका लागि कोहि अर्को पात्रलाई अगाडि सार्ने प्रयास पनि थालेका छन् ।

विकल्पमा कुन्दन

पार्टीको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा लोकप्रिय मतका साथ पार्टी केन्द्रीय राजनीतिमा प्रवेश गरेका कुन्दनराज काफ्ले युवा पुस्ताका उदयमान छवि बनाएका नेता हुन् ।

विद्यार्थी राजनीतिबाट खारिएका काफ्ले कम्युनिष्ट पार्टीको गढ मानिएको दोलखा प्रदेश ‘क’बाट विपक्षी एमालेका उम्मेदवारभन्दा सर्वाधिक ८ हजारभन्दा बढी फराकिलो मतान्तरले विजयी भएर आएका छन् । ०५२ को आम निर्वाचन पछि कहिल्यै नजितेको दोलखामा काफ्लेको मतभारपुर्ण विजय यात्राले प्रदेश सरकारको नेतृत्वको माग स्वभाविक भएको कार्यकर्ताहरुको बुझाई छ ।
निर्माण क्षेत्रबाट राजनीतिमा उदाएका बानियाँ र लामाको राजनीतिक पृष्ठभूमि भन्दा सयौं गुणा राजनीतिक छ । कलिलै उमेरमा परिवर्तनको राँको बोकेर ०६२/६३ को जनआन्दोलनमा काफ्ले सडकमा हुँदा बानियाँ र लामा निर्माण क्षेत्रमा व्यस्त थिए ।

कृष्ण सिटौला निकट रहेका काफ्लेलाई महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाको पनि समर्थन रहने कांग्रेस वृत्तमा चर्चा छ । प्रधानमन्त्रीमा गगनको चर्चा भइरहँदा काफ्लेलाई मुख्यमन्त्री बनाउन गगन, विश्व र प्रदीप पौडेलेको समेत साथ रहनेमा कुनै दुइमत नभएको काफ्ले निकटका नेताहरुको भनाई छ ।

नेविसंघको राजनीतिबाट राजनीति प्रारम्भ गरेका काफ्ले बानियाँ र लामाभन्दा पार्टीमा बढी दुःख गरेका नेतामा पर्छन् ।

Back to top button