आर्थिक अभावमा निर्माण सम्पन्न हुन सकेन जुँगुको निलकण्ठेश्वर महादेव मन्दिर

करिब सात वर्ष बितिसक्दा पनि मन्दिर निर्माणमा स्थानीय, प्रदेश तथा केन्द्र सरकारले चासो नदिएका स्थानीय युवाहरू नै मन्दिर निर्माणमा जुटेका छन् ।  भूकम्पले उक्त मन्दिर पूर्णरूपमा क्षति भएको थियो । उक्त स्थानमा निलकण्ठेश्वर महादेव मन्दिर परिसरमा महादेव पोखरी समेत निर्माण गरिने डिपिआर तयार गरिएको छ । मन्दिर परिसरमा पोखरी निर्माण गरी विभिन्न जातका बोटबिरुवा, फूललगायतको बगैँचा निर्माण गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न लागिएको खड्काको भनाइ छ । उक्त मन्दिरको स्थापनाको रोचक किंवदन्ती रहेको छ ।

परापूर्वकालमा एक किसानले गाईपालान गरेको र गाईले दूध नदिएपछि किन दिएन भनेर पत्ता लगाउँदा उक्त गाईले सधैँभरि त्यस ठाउँको एक शिलामा दूध चढाउने गरेको देखिएकोले किसानले गएर गाइले दूध चढाएको ठाउँमा खनेर हेर्दा महादेवको शिला उत्पत्ति भएको विश्वास गरिँदै आएको छ । स्थानीयले त्यस शिलालाई महादेवको रूपमा पूँजा आरधना गर्न सुरु गरी मन्दिरको नाम निलकण्ठेश्वर महादेव राखेका थिए । उक्त मन्दिर करिब दुई सय वर्षअगाडि निर्माण भएको विश्वास गरिन्छ ।सो मन्दिर आर्थिक अभावकै कारण निर्माण सम्पन्न हुन सकेको छैन । मन्दिर निर्माण समितिले मन्दिर पुननिर्माणको लागि सहयोग गर्न सबैलाई आग्रह गरेको छ ।

Back to top button