कालिन्चोक क्षेत्रमा ४ दिनदेखि टेलिफोन सेवा अवरुद्ध ,पर्यटक र स्थानीय संचार सेवाबाट बन्चित

सुजन काफ्ले
पौष ,१५ गते
दोलखाको कालिन्चोक कुरि क्षेत्रमा टेलीफोन सेवा अवरुद्ध भएको छ । ४ दिन देखि टेलिफोन सेवा अवरुद्ध हुँदा पर्यटक र स्थानीयहरु सञ्चार सेवाबाट बन्चित भएका छ्न ।
टेलिफोन सेवा अवरुद्ध भएको ४ दिन भइसक्दा पनि सरोकारवाला निकायले चासो नदेखाउँदा सञ्चार सेवाबाट बञ्चित हुनुपरेको होटल ब्यवसायी हरि वलिले बताउनुभयो । अङ्ग्रेजी नयाँ बर्ष सुरु भएसगै कुरि बजारमा पर्यटकहरु भरिभराउ हुन्छन । मोबाइलमा टावर नहुदा कुरि आइपुगेका पर्यटकहरुको ब्यवस्थापनमा समस्या भएको र पर्यटकहरु पनि नेटवर्ककै कारण समयमा नै होटल ब्यवसायी सग सम्पर्क नहुदा चिसोमा धेरै समय बाहिर नै बस्नु परेको उहाँको भनाइ छ ।
यो समयमा बिगतका बर्षहरुमा पनि मोबाइलमा नेटवर्क अवरुद्ध हुने गरेको थियो हामिले हिउँ परेको कारणले होला भनेको यसपाली हिउँ नपर्दा पनि सेवा अवरुद्ध हुनुले नेपाल टेलिकमको गैरजिम्मेवारपन रहेको वलिले बताउनुभयो ।

Back to top button