गाउँका सिंहदरबार भाडामा : अझै टुङ्गो छैन स्थायी केन्द्र

सुजन  काफ्ले                                             
गाउँगाउँमा सिंहदरवारको नारा लिएर आएका स्थानिय सरकारका जनप्रतिनिधिको ४ वर्षे कार्यकाल पूरा भएर अर्का जनप्रतिनिधि आएको पनि ६ महिना पुगेको छ । गाउँमै सेवासुबिधा दिने गरि सिंहदरवारको अधिकार गाउँ सम्म ल्याएका स्थानिय तहका कार्यालय भने अझै भाडाको भरमा सन्चालन भइरहेको छ । अब त घर छेउमा नै सहज रुपमा सेवा पाइन्छ भन्ने बुझेका कतिपय दोलखालीको आशा निराशा बन्दै गएको छ ।
२ नगरपालिका र ७ गाउँपालिका रहेको दोलखामा ३ पालिकाले अझै स्थायी केन्द्र तोक्न सकेका छैनन । जिल्लाको तामाकोसी ,मेलुङ र कालिन्चोक गाउँपालिकाले अझै केन्द्र तोक्न सुरसार गरेको देखिदैन ।
योजना संझौता लगायत सानो सानो सेवा लिन पनि ठूलो मेहनतका साथ मात्र स्थानीय सरकार भेटिन्छ । ‘गाउँ गाउँमा सिंहदरबार होइन सिंह चाहि आए दरबार आएन । यस्तो पनि हुन्छ । जनतालाई सजिलो गराएको कि दुःख दिएको । स्थानीय सुशील काफ्लेले बताए ।‘एउटा सानो घर भित्र सबै कोचिएर सेवा प्रवाह गरिरहेका छौ । एउटा कोठामा २/३ वटा फाटको काम गर्नु पर्ने बाध्यता रहेको कर्मचारीको गुनासो रहेको छ। गाउँ तिर भाडामा लिने घर पनि भनेजस्तो पाईदैन। जनप्रतिनिधि, कर्मचारी, सेवाग्राही सबैलाई असजिलो भएको कर्मचारी बताउछन । स्थानिय तहले गाउँमा रौनक थपे पनि कार्यालय व्यवस्थापन असाध्यै असहज भइरहेको मेलुङ गाउँपालिकाका प्रशाशकिय अधिकृत सन्जय शिवाकोटीले बताउनुभयो ।
अहिले मेलुङ गाउँपालिकाले भवनका लागि मात्र करिब ६० हजार भाडा तिरिरहेको छ। एता तामाकासी गाउँपालिकाले मासिक ७० हजारभन्दा बढी तिरेर भाडामा लिएको घरमा कार्यालय सञ्चालन गरिरहेको छ। कालिन्चोक गाउँपालिकाले वडाको स्वास्थ्यचौकिको भवनबाट सेवा प्रवाह गरिरहेको छ । सो गाउँपालिकाले भने स्वास्थ्यचौकिको भवन बाहेक केहि कोठा मात्र भाडा लिएर सेवा प्रवाह गरिरहेको छ । मासिक ६ हजार भाडा तिरिरहेको प्रशाशकिय अधिकृत नवराज वलीले बताउनभुयो ।
भाडामा कार्यालय सञ्चालन गर्दा एकातिर भनेजस्तो सेवा प्रवाह गर्न गाह्रो हुने गरेको छ भने अर्कोतर्फ कार्यालय समानको व्यवस्थापनमा समेत समस्या हुने गरेको मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार तामाङले बताउनुभयो । केन्द्रको बिषयमा छलफल भइरहेको र अब बस्ने बैठकमा केन्द्र तोकेर भवन निमार्णको प्रक्रिया अगाडी बढाउने योजना रहेको अक्ष्यक्ष तामाङको भनाइ रहेको छ । कालिन्चोक र तामाकोसीले भने केन्द्र तोक्ने बिषयमा खासै छलफल अगाडी बढाउन सकेको छैन ।

Back to top button