तामाकोसी गाउपालिका भित्र खादा ब्याज प्रयोगमा प्रतिबन्ध

सुजन काफ्ले
चरिकोट, पौष १६ गते
दोलखाको तामाकोसी गाउँपालिकाले औपचारीक कार्यक्रममा खादा ब्याज प्रयोगमा प्रतिबन्ध लगाएको छ । स्थानीय स्तरमा उत्पादन हुने हुने फुल र सो सम्बन्धि कृषिजन्य उत्पादनलाइ प्रोत्साहन दिने उदेश्यले कार्यक्रममा खादा ब्याज प्रयोगमा प्रतिबन्ध लगाइएको गाउँपालिकाले जनाएको छ । गाउँकार्यपालिकाको बैठकले निर्णय नै गरेर गाउँपालिका भित्र खादा ब्याजको प्रयोगमा प्रतिबन्ध लगाइएको तामाकोसी गाउँपालिकाका सुचना अधिकारी पवनरान फुयालले बताउनुभयो ।
गाउँपालिका तथा मातहतका अन्य निकाय वा संघसंस्थाबाट संचालन गरिने सबै औपचारीक कार्यक्रममा खादा माला प्रयोगमा प्रतिबन्ध लगाइएको फुयालको भनाइ रहेको छ । उहाँका अनुसार गाउँपालिका भित्र गरीने कार्यक्रममा खादा ब्याजको प्रयोग गरीए कारबाही गरिने भएको छ । अनुत्पादक र अनावश्यक भएकाले खादा ब्याजको प्रयोगमा प्रतिबन्ध लगाइएको फुयालले बताउनुभयो । गाउँपालिका भित्रका कृषकलाइ पुष्प व्यवसायमा आकर्षित गराएर उनीहरुले उत्पादन गरेको फुललाइ प्राथमिकतामा राखेर गाउपालिका भित्र नै खपत गर्ने उदेश्य रहेको गाउँपालिकाले जनाएको छ ।

Back to top button