६ वर्ष देखि दोलखाको तामाकोसि पुल निर्माण कार्य अलपत्र

सुजन काफ्ले
पौष ,१६ गते
दोलखा । लामो साँघु जिरी सडक अर्न्तगत दोलखाको तामाकोसिमा रहेको तामाकोसि पुल ६ वर्षमा पनि बन्न सकेको छैन । निर्माण कम्पनिको चरम लापरबाहिका कारण सो पुल बन्न नसकेको हो । भिमेश्वर नगरपालिका र बैत्यश्वर गाँउपालिकाको सिमानामा रहेको तामाकोसि पुल जग मात्र गाढेर निर्माण कम्पनिले अलपत्र पारेर छोडको स्थानिय रोशन थापाले बताए
बाइट निमार्ण कम्पनिले अहिले सम्म पुलको पिलर मात्र गाडेर छोडेको छ । समय समयमा काम गरे जस्तो गर्ने ठेकदार अहिले काम अलपत्र पारेर सम्पर्कविहिन भएपछि पुल कहिले बन्ने भन्ने अन्योल रहेको अर्का स्थानियले बताए ।
पुल निमार्णका लागि २०७३ साल भदौ ७ गते मिलगिरी नेसनल जेभि कम्पनिसग ९ करोड ७५ लाखमा ९६ हजारमा ठेक्का सम्झौता भएको थियो । २ वर्षमा काम सम्पन्न गर्ने गरि सम्झौता गरिएको पुल ६ वर्ष सम्म पुग्दा सम्म निर्माण सम्पन्न हुन सकेको छैन । पुल नबन्दा राजधानि बाट सदरमुकाम चरिकोट हुदै जिरि नगरपालिका, बैत्यश्वर गाँउपालिका, तामाकोसि गाँउपालिका र छिमेकि जिल्ला रामेछाप आवतजावत गर्ने सवारीसाधन तथा स्थानिय जोखिम मोलेर यात्रा गर्न बाध्य रहेका छन ।
पुल निमार्णका लागि पुल योजना महाँशाखाले २ पटक म्याद थप्दा सम्म पुल निमार्णको काम अगाडि बढ्न सकेको छैन । नयाँ पुल निमार्णमा ढिलाइ हुदाँ ३ दशक पुरानो पुलबाट जोखिम मोलेर सवारीसाधन आवतजावत गरिरहेका छन । सोहि पुल हुदै खिम्ती २ र  लिखु हाइडोपावरले पुलको क्षमता भन्दा बढिको सामान बोक्ने गरेका  छन ।

Back to top button