जिरी माबीका विद्यार्थी ७ वर्ष देखि जस्ताको टहरामा

सुजन काफ्ले/ पौष १६ गते
२०७२ साल वैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पल दोलखाको जिरीमा रहेको जिरी माध्यमिक विद्यालयको भवन क्षतिग्रस्त बनाएको थियो । भवन क्षतिग्रस्त भएपछि जिरी माविका विद्यार्थीहरु ७ वर्षदेखि जस्ताको अस्थायी टहरामा बसेर पढ्दै आएका छन । जिरी नगरपालिका ६ मा रहेका विद्यालय २०१७ सालमा स्थापना भएको थियो ।
कतिपय विद्यार्थीहरु लाई विद्यालय पुग्न करिब १ घण्टा ३० मिनेट लाग्ने भएकाले बिहान ८ बजे नै विद्यालय जान तयार हुनुपर्ने बाध्यता रहेको छ । बर्खायाममा दिउँसो कक्षा चलिरहेको बेला पानी पर्दा शिक्षकले पढाएको विद्यार्थीले नसुनेपछी पानि आएको बेला पढाइ रोकिने गरेको छ ।
विद्यालयमा शौचालय अवस्था पनि झनै बिग्रिएको छ । बर्खायाममा पानि र हिलोले हिउँदमा धुलोले विद्यार्थी र शिक्षकहरु आजित भएका छन ।

कक्षा १२ सम्म पढाइ हुने सो विद्यालयमा ६ सय ६४ जना विद्यार्थी पठनपाठन गर्दै आएका छन । भूकम्पछि विद्यालयमा अतिरिक्त त्रियाकलाप हुन छाडेको छ  भने,शौचालय व्यवस्थित छैन । नयाँ भवनको आशामा रहेका जिरि माविका विद्यार्थी अझै टहरामा बसेर पढ्न बाध्य रहेका छन् । चीन सरकारले २ वर्ष अघि भवन निर्माण गर्ने सम्झौता गरिए पनि हाल सम्म भवन निर्माणको लागि जग समेत खन्ने काम सुरु गरेको छैन । सम्झौता अनुसार विद्यालयलयको तर्फबाट गर्नुपर्ने सम्पुर्ण कार्यहरु बिद्युत जडान, खानेपानी योजना निर्माण तथा निर्माण स्थलमा बाकी रहेका केही भवनहरु हटाउने कार्य सम्पन्न भइसकेको विद्यालयले जनाएको छ । चिन सरकारका प्रतिनिधि सम्पर्कमा आएपनि बिधालय निर्माणको काम अगाडी नबढेको बिधालयको भनाइ रहेको छ मन्त्रालयको बिदेश बिभाग मार्फत भवन निर्माणका लागि पहल गरिरहे पनि केहि सुनुवाई हुन सकेको छैन । विद्यालय झवन निर्माण नहुदा विद्यार्थीहरुका लागि गरिने अतिरिक्त त्रियाकलाप हुन छाडेको छ ।

Back to top button