टिपरले किच्दा दोलखामा एक जनाको मृत्यु

सुजन काफ्ले                                             दोलखाको बैत्यश्वर गाउँपालिकामा टिपरले किच्दा एक जनाको मृत्यु भएको छ । गाउँपालिका १ गैरीमुदिका अन्दाजी ३४ वर्षिय बिक्रम तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । निर्माण सामाग्री बोकेर तामाकोसी बाट गाउँपालिकाको जलेश्वर जादैँ गरेको बा ३ ख ८८०७ नम्बरको टिपरले किच्दा घटनास्थलमै तामाङको मृत्यु भएको प्रहरीको भनाइ रहेको छ । टिपर र टिपर चालक प्रहरी नियन्त्रण रहेका प्रहरीले जनाएको छ ।

Back to top button