तलब भत्ताको रकमबाट ज्येष्ठ नागरिकलाई काठमाडौंको भ्रमण

सुजन काफ्ले                                         चरीकोट,पौष २० गते
गएको स्थानीय निर्वाचनमा वडा अध्यक्ष निर्वाचित भएसगै पदभार ग्रहण गर्दै आफुले पाउने तलब भत्ता सामाजिक कार्यमा खर्च गर्ने घोषणा गरेका भिमेश्वर नगरपालिका ५ का वडा अध्यक्ष बासु श्रेष्ठले आफ्नो प्रतिबद्वता पुरा गरेका छन ।
मासिक पाउने तलब भत्तालाइ छुट्टै कोषमा जम्मा गरेर सो रकमबाट वडाका ३५ जना वडामा घर भइ काठमाडौ बसोबास गर्ने ५ जना गरेर ३८ जना जेष्ठ नागरिकलाइ काठमाडौ भ्रमण गराएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । नगरपालिकाबाट जम्मा गर्नका लागी छुट्टै खाताको ब्यवस्था गरेको छु, सो खातामा जम्मा भएको रकम सामाजिक काममै खर्च गर्ने उहाँले बताउनुभयो ।
पौष १७ गते जेष्ठ नागरिकलाइ लिएर काठमाडौ भ्रमणमा निक्लनुभएका अध्यक्ष श्रेष्ठले बेलुका जेष्ठ नागरिकले धेरै हेर्ने टेलिभिजन कार्यक्रम इन्द्रेणीमा सहभागी गराउनुभएको थियो ।टेलिभिजनमा मात्र हेर्ने गरेकोमा यहि इन्द्रेणीमा आउन पाउँदा सार्है खुसी लागेको कुल बहादुर श्रेष्ठले बताउनुभयो ।
जेष्ठ नागरिकलाइ १८ राष्ट्रपति बिद्यादेवी भण्डारीसगँ भेट गराउनुभएको थियो । भेटमा जेष्ठ नागरिकले सोही वडाको महाकाल मन्दिरको प्रशाद राष्ट्रपतिलाइ दिनुभएको थियो । राष्टपतिले प्रशाद लिनुहुदै सो मन्दिरमा भेटी समेत पठाउनुभएको थियो ।काठमाडौ भ्रमणको क्रममा सोही दिन दिउँसो जेष्ठ नागरिकहरुले नेकपा एमाले अध्यक्ष केपी वली सग पनि भेट गर्नुभएको थियो । भेटको क्रममा अध्यक्ष वलीले जेष्ठ नागरिकलाइ सम्मान गर्नुभएको थियो । बेलुका पशुपतिनाथमा सन्ध्याकालिन आरतीमा पुर्याइएको उहाँले बताउनुभयो।
१९ गते बिहान पशुपति मन्दिर दर्शन गराएर जेष्ठ नागरिकलाइ घर फर्काइएको थियो । चिसो बढेका कारण काठमाडौको नारायणहीटी राजदरबार भ्रमण गराउने र क्युएफएक्स हलमा चलचित्र हेराउने कायक्रम भने स्थगित गरिएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

Back to top button