६ महिनामै थन्कियो चिनले गौरीशंकर गाउँपालिकालाइ अनुदानमा दिएको एक्साभेटर

सुजन काफ्ले                                               चरीकोट , पौष १९ गते
चिन सरकारले दोलखाको गौरीशंकर गाउँपालिकालाई अनुदानमा दिएको एक्साभेटर थन्किएको छ । गाउँपालिकालाइ सडक मर्मत गर्नका लागी दिएको एक्साभेटर ६ महिनामा नै थन्किएको हो ।
चिन सरकारले ०७९ साल जेठमा आफ्नो देशसँग सिमाना जोडिएका जिल्लाहरुलाइ सहयोग पुग्ने गरी चिन सरकारले अनुदानमा एक्साभेटर उपलब्ध गराएको थियो । सो एक्साभेटर रसुवा नाका बाट गाउँपालिका सम्म आफ्नै खर्चमा ल्याइएको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङले बताउनुभयो ।
एक्साभेटर ४० घण्टा जति चलेर थन्किएको उपाध्यक्ष तामाङको भनाइ रहेको छ । एक्साभेटर पहिले अघि अघि हिड्ने तर पाटपुर्जा भने नचल्ने अवस्था रहेको थियो ,आजभोलि भने पार्टर्पुर्जा चल्न थालेको तर सेन्सरले काम नगरेकाले एक्साभेटर नचलेको मिस्त्रीको भनाइ रहेको तामाङले बताउनुभयो ।
लामो समय थन्किदा पनि किन मर्मतमा चासो नदिएको भन्ने प्रश्नको जवाफ दिदैँ तामाङले गाउपालिकाले एक्साभेटर मर्मत गर्न मिस्त्री ल्याएपनि बनाउन नुसकिएको बताउनुभयो , नेपालका मिस्त्रीहरुलाइ भाषागत समस्या भएकाले एक्साभेटर मर्मत गर्न नसकेको होकि भनेर चिनियाँ मिस्त्री ल्याउदा समेत एक्साभेटर मर्मत गर्न नसकिएको उहाँले भनाइ छ । चिनले सिमाना जोडिएका अरु जिल्लाका स्थानीय तहमा पनि अनुदान दिएको रैछ त्यहा बुझ्दा ती स्थानिय तहको अवस्था पनि उस्तै रहेका थियो ,तर पछिल्लो समय अरु स्थानीय तहको एक्साभेटर चलेको उहाँको भनाइ छ । । एक्साभेटर निर्माण कम्पनिले सरकारलाइ कर नतिरेका कारण चिन सरकारले सो कम्पनिका उत्पादनहरु सबै बन्द गराएको र कम्पनिले कर तिरेपछि लक गरिएका पाटपुर्जा चलेको हुनसक्ने तामाङको भनाइ छ । छिट्टै नै एक्साभेटर मर्मत गरेर संचालन गर्ने योजना रहेको गाउपालिकाले जनाएको छ।

Back to top button