गाउँमै दुध बिक्री हुन थालेपछि क्षेत्रपाका किसान खुसी

सुजन काफ्ले
चरिकोट ,पौष २३ गते
दोलखाको बैत्यश्वर गाउँपालिका ८ क्षेत्रपाका यम बहादुर भुजेललाइ गाइको दुध कसलाइ बेच्ने भन्ने समस्याले सताएको थियो ।
देनिक रुपमा गाईबाट उत्पादन हुने १४ देखि २० लिटर दुध बेच्न उहाँलाइ समस्या हुन्थ्यो। तर अहिले उहाँ त्यो समस्याबाट मुत्त हुनुभएको छ । पहिले घिउ बनाएर बेच्ने गरेकोमा अहिले दुध नै बेचेर मासिक २४ देखि ३० हजार कमाउने गरेको उहाँले बताउनुभयो । भुजेलले मात्र हैन क्षेत्रपाका दर्जनौ किसानहरुले दुध कहाँ बेच्ने भन्ने समस्याबाट छुटकारा पाएका छन ।
उहाँहरुलाई गाउँमा सङ्कलन केन्द्र नहुँदा दुध कहाँ बेच्ने भन्ने चिन्ताले सताएको थियो । किसानले दुधको उचित मुल्य नपाएको र बजारसमेत नपाएर बिक्री गर्न समस्या रहेको थियो । तर अहिले क्षेत्रपाका कृषकले त्यो समस्याबाट उन्मुत्ति पाएका छन ।
यी सबै समस्याका समाधान हो क्षेत्रपामा स्थापना गरिएको दुध सङ्कलन केन्द्र । जनप्रेमी कृषि सहकारी संस्थाले गाउँमै सङ्कलन केन्द्रको स्थापना गरेर दुध किन्न थालेपछि किसानहरुलाई राहात मिलेको छ। सङ्कलन केन्द्रले गाउँमा दुध सङ्कलन गरी चरीकोटमा रहेको दुग्ध संस्थान लिमिटेडलाई बिक्री गर्ने गरेको छ ।
प्हिले कहाँ दुध बेच्ने, कसरी बेच्ने भन्ने चिन्ताले सताएको बेला अहिले गाउँमै दुध सङ्कलन हुन थालेकोले ती सबै समस्याको समाधान भएको अर्का कृषक शिब कार्कीले बताउनुभयो ।
पहिले यो क्षेत्रका किसानहरु घिउ बनाएर बेच्ने गर्नुहुन्थ्यो । यहाँ दुध बेच्ने ब्यवस्था नै थिएन , अहिले सङ्कलन केन्द्रको स्थापना भएपछि किसानहरुलाई राहात पुगेको सोही वडाका वडाअध्यक्ष शान्त बहादुर जिरेलले बताउनुभयो । दोलखा दुग्ध संस्थान लिमिटेड चरीकोट र सहकारी संस्था सँग सहकार्य गरेर वडाको पहलमा सङ्कलन केन्द्रको स्थापना गरिएको उहाँले बताउनुभयो । किसानलाई दुधमा प्रतिलिटर २ रुपैया वडाले दिने भएको छ ।
सो सङ्कलन केन्द्रमा अहिले प्रतिदिन २ सय देखि ३ सय लिटर सम्म दुध सङ्कलन हुने गरेको अध्यक्ष जिरेलको भनाई रहेको छ ।

Back to top button