चिसोका कारण दोलखा वेदिङको बिद्यालय बन्द

सुजन काफ्ले / चरीकोट, पौष २५ गते
चिसोका कारण दोलखाको बेदिङको विद्यालय बन्द भएको छ । गौरीशंकर गाउँपालिका ९ वेदिङको बिद्यालय मौसम हेरी खोल्ने गरी पुष दोस्रो सातादेखि बन्द भएको हो ।गोैरीशंकर गाउँपालिका ९ वेदिङमा रहेको रोल्वालिङ साङ्ग क्षोलिङ्ग गुम्बा आधारभुत विद्यालय बन्द गरिएको छ । वेदिङ गाउँ ३७ सय २१ मिटर उचाईमा रहेको छ । जाडोमा अत्याधिक हिँउ पर्ने भएकाले धाराको पानि समेत जम्ने हुँदा  बिद्यार्थी आउजाउमा समस्या हुने गरेकाले फागुणको दोस्रो सातासम्मको लागी जाडो बिदा दिएको सोही विद्यालयका प्रधानाध्यापक बोलेन्द्र आचार्यले बताउनुभयो । यस विद्यालयमा ना गाउँ र वेदिङका गरी २१ ज्ना विद्यार्थी रहेको प्रधानाध्यापक आचार्यले बताउनुभयो ।सो बिद्यालयमा कक्षा पाँचसम्म पढाई हुने गरेको छ ।
जाडो बिदामा एक दर्जन भन्दा बढि विद्यार्थी भारतमा वाङ थाप्न जाने र उहाँहरुले बौद्ध शिक्षा पनि लिने गरेको उहााको भनाई रहेको छ । उहाँले भन्नुभयो बिद्यार्थी जाडो छल्न कोही भारतको गुम्बाहरुमा लामाबाट वाङ थाप्न गएका छन, कोही सानै भएकाले घरमै पठनपाठन गर्नुहुन्छ । जाडोमा अभिभावकसँगै विद्यार्थी जाडो छल्न जाने गरेको र जाडो छल्न जाने वेदिङवासीको प्रचलन जस्तै बनेको शिक्षकहरुको भनाई रहेको छ ।
जाडो सकिएपछि फागुनको दोस्रो साता उहाँहरु गाउँ फर्किनुहुन्छ । हाल तीन जना शिक्षकहरुले अध्यापन र विद्यालयमा बेला बेलामा स्वयमसेवक हरुले पनि पठन पाठनमा सहयोग गर्ने गरेको विद्यालय जनाएको छ ।

Back to top button