चिसो बढेसँगै रोल्वालिङ क्षेत्र सुनसान

सुजन काफ्ले / चरीकोट,पौष २५ गते
चिसो बढेसँगै दोलखाको गौरीशंकर गाउँपालिकाको रोल्वालिङ क्षेत्र सुनसान बनेको छ । चिसोका कारण दैनिकीमा कष्टकर हुनुको साथै सो क्षेत्रका मानिहरुको जनजिबन प्रभावित भएको छ ।
सो क्षेत्रमा हिँउ नपरेपनि बिहानैदेखि हुस्सु लाग्ने गरेको छ । त्यस क्षेत्रमा चिसो बढ्दै गएपछि गाउँपालिका ९ का ना गाउँ, वेदिङ,क्याल्चे र सुमुर्चेमा रहेका होटलहरु बन्द भएका छन । होटल ब्यवसायीहरु गाउँ छाडेर राजधानी काठमाडौ लगायत बिभिन्न क्षेत्रतिर लागेका छन । कतिपय स्थानीयहरु गाई ,चौरी र ब्यापार हेर्ने मान्छे राखेर चिसो छल्न काठमाडौ लागेको स्थानीय दोर्जेछिरी शेर्पाले बताउनुभयो ।
ग्त वर्षको भन्दा यो वर्ष राल्वालिङ क्षेत्रमा पर्यटकको चाप बढेको भएतापनि स्थानियहरु हेटल बन्द गरेर हिडेका कारण पर्यटकहरुलाइ समस्या पुगेको छ । कतिपय पर्यटकले होटल व्यवसायीलाई काठमाडौ बाट बोलाएर भएपनि खाने बस्ने ब्यवस्था गर्ने गरेको स्थानीयहरुले बताएका छन ।
त्यस क्षेत्रका होटल ब्यवसायीहरुले बिभिन्न बिकल्प प्रयोग गरेर भएपनि १२ महिनै बस्ने हो भने पर्यटकहरुको वर्षैर्भरी घुँइचो लाग्ने आन्तरिक पर्यटक जिबन लामाले बताउनुभयो । चिसोकै कारण अहिले सो क्षेत्रमा पर्यटकहरु खासै देखिदैनन । आएका पर्यटकहरुलाई पनि होटलहरु बन्द रहेका कारण गन्तव्यमा पुग्न समस्या हुने गरेको छ ।
प्राय गरेर त्यो क्षेत्रका होटल ब्यवसापीहरु चिसो मौसममा दुई महिनासम्म काठमाडौ बस्ने गरेका छन । अधिकांश स्थानीयको घरमा ताल्चा झुन्डिएको छ । चिसो मौसममा पर्यटक आएपनि सेवा दिन गार्हो हुने स्थानीय होटल ब्यवसायी दोमी लामाले बताउनुभयो । उहाले भन्नुभयो धाराको पानि जम्मे जमेको हुन्छ राती दुई तिनवटा सिरक ओढेर सुत्दा पनि चिसो थेग्न नसकिने भएकाले पनि गाउँ छोड्नुपर्ने बाध्यता छ ।

Back to top button