भोलि बेलुकासम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गर्नुभएको छ ।

शनिबार (आज) प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग कुरा गर्दै उहाँले सात दलबीच कुनै विवाद नरहेको दाबी गर्दै आइतबार (भोली) बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरिएको बताउनुभयो ।

अहिलेसम्म ३ उपप्रधानमन्त्रीसहित ८ मन्त्री सरकारमा सहभागी भएका छन् । ४ मन्त्रीलाई भने अहिलेसम्म जिम्मेवारी तोकिएको छैन ।

Back to top button