भिम बहादुर श्रेष्ठको अध्यक्षतामा दोलखा जिल्ला आइ.टि.एफ. संघ गठन

दोलखा । भिम बहादुर श्रेष्ठको अध्यक्षतामा दोलखा जिल्ला आइ.टि.एफ. संघ गठन भएको छ । जिल्ला संघमा निमेष कायस्थ उपाध्यक्ष तथा सुनिल श्रेष्ठ कोशाध्यक्ष र जिल्ला कार्य समितिको सचिवमा रिवाज(यम) मोक्तान चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा मन्दिप थापा र महिला तर्फ रुबिना सिवाकोटी,अनुपा नेपाली मनोनित भएका छन्।
साथै जिल्ला कार्यसमितिको सल्लाहाकार सदस्यमा
सम्राट मानन्धर, सुजन श्रेष्ठ, रामहरि सुबेदी, समीर शाही र कुमार श्रेष्ठ रहेका छन्।
यस दोलखा जिल्ला आइ.टि.एफ. संघ गठन दोलखा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामहरि सिवाकोटी तथा बाग्मती प्रदेश आइ.टि.एफ.की उपाध्यक्ष तुलसी थापा मगरको उपस्थितिमा दोलखामा सम्पन्न भएको हो ।

Back to top button