एक महिना देखि प्रमुख प्रशाशकिय अधिकृतविहिन तामाकोसी

सुजन काफ्ले / माघ ९ गते
चरिकोट । दोलखाको तामाकोसी गाउँपालिका एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहिन बनेको छ । लामो समयसम्म अधिकृत नहुँदा गाउँपालिकाबाट हुने नियमित सेवा प्रवाह प्रभावित बनेको हो ।
प्रशासकीय अधिकृत नहुँदा अति आवश्यक कामकाज ठप्प भएको छ।

गाउँपालिकाका प्रशासकीय अधिकृतको रुपमा काम गर्दै आउनुभएका गोरखनाथ मिश्र पौष ८ गते हाजिर गरेर बिदा बस्नुभएको छ । प्रशासकीय अधिकृत मिश्रले पशु शाखा प्रमुख कुश बहादुर जिरेललाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर बिदामा बस्नुभएको गाउँपालिकाले जनाएको छ।

अधिकृत मिश्रले जिम्मेवारी दिने पत्रमा आफु बिदामा बसेको र अर्को प्रशासकीय अधिकृत नआउन्जेल सम्मको लागी निमित्त प्रशासकीय जिम्मेवारी तोकिएको उल्लेख गरिएको छ । निमित्तको जिम्मेवारी तोकेर बिदामा बस्नुभएका प्रमुख प्रशासकीय अधिकृत कार्यालय फर्किने नफर्किने केही जानकारी नभएको गाउँपालिकाले जनाएको छ ।

योजना तथा कार्यक्रम कार्यान्वयन आर्थिक कारोबार र प्रशासन संचालनको नेतृत्व भुमिकामा रहने प्रशासकिय अधिकृत नहुँदा सेवा लिन पुगेका सेवाग्राही त्यसै फर्किने गरेको स्थानीय सुन्दर कार्कीले बताउनुभयो ।

योजना भुक्त्तानी लगायतका कामको चाप हुने बेला महत्वपुर्ण कर्मचारी नहुँदा सेवाग्राहीले सास्ती ब्यहोर्नपुरेको छ । यता तामाकोसी गाउँपालिकाका अध्यक्ष प्रोण प्रताप केसीले कार्यालयमा कामकाज गर्दै आएका प्रमुख प्रशासकीय अधिकृत बिदामा बसेर कार्यालय नफर्किएको बताउदै नयाँ प्रमुख प्रशासकीय अधिकृत छिटै नै ल्याउने योजना रहेको बताउनुभयो ।

Back to top button