विद्यालयमा आवास भवनको अभाव हुँदा जहाँ पढ्छन त्यही सुत्छन विद्यार्थी

सुजन काफ्ले / पौष २० गते
चरिकोट । एउटामात्र बहिरा विद्यालय रहेको दोलखामा आवास भवनको अभाव हुदाँ विद्यार्थीहरु आफु पढेकै कक्षामा सुत्ने गरेका छन । भीमेश्वर नगरपालिका–३ देउराली डाँडामा रहेको भीमेश्वर बहिरा प्राथामिक विद्यालयमा आवास भवनको अभाव हुदाँ विद्यार्थीहरु पढेकै कक्षामा सुत्न बाध्य भएका हुन।

विद्यालयमा अध्ययनरत सबै विद्यार्थी आवसीय रहेकाले विद्यालयमा आवास भवनको समस्या परेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।
आवासको समस्या हुँदा कतिपय विद्यार्थीहरूलाई आफुले पढेको कक्षामा नै सुताउने गरेको विद्यालयका प्रधानाध्यापक गुणराज सुवेदीले बताउनुभयो । विद्यालयको नाममा जग्गा भएपनि आर्थिक समस्याका कारण आवसीय भवन निमार्ण गर्न नसकिएको प्रधानाध्यापक सुवेदीको भनाइ छ ।

भीमेश्वर नगरपालिकाले विद्यालयलाई १० लाख रुपैयाँ बजेट बिनियोजन गरेपनि सो रकम भवन निमार्ण गर्न अपुग हुनेभएपछि विद्यार्थीका लागी भान्साघर निर्माण गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । आवास भवनसँगै माथिल्लो कक्षा सञ्चालनमा समस्या देखिएको प्रधानाध्यापक सुवेदी बताउछन्।

विद्यालयमा कक्षा पाँचसम्म मात्र अध्ययन भइरहेकाले माथिल्लो कक्षाको अध्ययन नहुदा धेरै विद्यार्थीहरु पाचँ कक्षा पछि पढाइ छोड्ने गरेको उहाँको भनाइ रहेको छ । विद्यार्थीहरुले माथिल्लो कक्षामा पढ्नको लागी काभ्रे सिन्धुली लगायत जिल्लामा जानुपर्ने बाध्यता रहेको विद्यालयले जनाएको छ । सरकारले यसलाई प्राथामिकतामा राखेर तत्काल आवास र चमेना भवनको व्यवस्था, थप कक्षा सञ्चालनको अनुमति तथा शिक्षकको व्यवस्था समेत गर्नुपर्ने उनको भनाइ छ।
दोलखाको एउटामात्र बहिरा विद्यालय भएकोले दोलखा जिल्ला तथा छिमेकी जिल्लाहरु बाट समेत विद्यार्थी आउने र उनीहरुलाई आवासको व्यवस्था गरेरै राख्नुपर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण तमाङ बताउनु हुन्छ । यसको लागि स्थानीय पालिका, सरकार सबैले सहयोग गर्नुपर्छ अध्यक्ष तमाङले भन्नु भयो । जिल्लाको एउटामात्र बहिरा विद्यालय भएकोले सरकारले यसलाई प्राथामिकतामा राखेर तत्काल आवास र चमेना भवनको व्यवस्था, थप कक्षा सञ्चालनको अनुमति तथा शिक्षकको व्यवस्था समेत गर्नु पर्ने उहाँले बताउनुभयो ।

विद्यालयमा एक जना प्रावि स्थायी, एक जना प्रावि करार, एक जना प्रावि राहत र एक जना बाल विकास गरी चार जना शिक्षक (दुई जना बहिरा शिक्षक), दुई जना आया र एक जना कार्यालय सहयोगी रहेको विद्यालयले जनाएको छ ।
२०७१ सालमा स्थापना भएको कक्षा पाँचसम्मको सो बहिरा विद्यालयमा हाल १३ जना छात्रा र १७ जना छात्र गरी ३० जना बहिरा विद्यार्थी अध्ययन गरिरहेका छन ।

Back to top button