दोलखाली जनताले सरकारी सेवा लिन अरु जिल्ला जाने  अवस्थाको अन्त्य गर्छौ :  मुख्यमन्त्री जम्कट्टेल 

सुजन काफ्ले
चरीकोट ,माघ २१ गते
बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले
दोलखाली जनताले सरकारी सेवा लिन अरु जिल्ला जाने  अवस्थाको अन्त्य गर्ने बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ बाग्मती प्रदेश समितिको तेस्रो साधारण सभालाइ उद्घाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले सरकारी सेवा लिन छिमेकी जिल्ला रामेछाप, सिन्धुपाल्चोक लगायतका जिल्लामा जानुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभएको हो ।
बाग्मति प्रदेसको भौतिक पुर्वाधार ,खानेपानी कृषि लगायतका कार्यालय जिल्लामा नभएको गुनासोपछि मुख्यमन्त्री जम्कट्टेलले सो कुरा बताउनुभएको हो ।
मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले दोलखामा सुरु गरेका सबै बिकासका योजना पूरा गर्ने बताउनुभयो ।
 दोलखामा निर्माण हुन लागेको प्रदेशकै गौरब योजना जिरी ताल निर्माण फिल्मसिटी  जस्ता महत्वपूर्ण योजना निर्माणलाई प्राथमिकतामा राखेर काम अगाडि बढाउने उहाँले बताउनुभयो ।
पत्रकारिताको हकअधिकारको लागि सधै लाग्ने बताउदै मुख्यमन्त्री जम्कट्टेलले पत्रकारहरुले हामीहरुले  जतिनै  काम गर्ने बताउनुभयो । सन्चार माध्याम पनि ब्यवसायिक सस्था भएको बताउदै यसको बिकासमा बाग्मती सरकार जुनसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो । श्रमजीवी पत्रकारहरु जसरी पनि सामाजिक सुरक्षा कोषमा आवद्ध हुन अनुरोध गर्दै उहाँले सो कोषमा तुरुन्तै बजेट छुट्याएर काम अगाडि बढाउने बताउनुभयो ।
बिगतमा मन्त्री हुँदा पनि  आफुले पत्रकारिताले माग गरेको बजेट बिनियोजन गरेर काम अगाडि बताएको उहाँले बताउनुभयो । पत्रकारका विभिन्न संगठनकालाई समेत बजेट बिनियोजन गरेको बताउदै आफू पहिले देखि नै पत्रकारको पक्षमा रहेको बताउनुभयो ।
बाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री  मन्त्री गङ्गा नारायण श्रेष्ठले बाग्मती प्रदेश सरकारले आगामी वर्षबाट लोक कल्याणकारी बिज्ञापनको ब्यवस्था गरिने बताउनुभयो । सुचना प्रबिधिको क्षेत्रमा बाग्मती प्रदेशलाइ थप बिकास गरिने बताउदै उहाँले पत्रकारलाई बाग्मती सरकारले उच्च सम्मान गर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष बिपुल पोखरेलले पत्रकारीताको बिश्वासनियता  गुम्दै गएको बताउदै उहाँले स्वच्छ पत्रकारिता गर्न सबै पत्रकारलाई आग्रह गर्नुभयो । महासंघले सदस्यता शुद्धीकरण गरेर पत्रकारितामा क्रियाशिल नहुने सदस्यलाई हटाउने क्रियाशिल पत्रकारिता गरिरहे पनि सदस्य नपाएकाहरुलाई छिटै नयाँ सदस्यता बितरण गरिने योजना रहेको पोखरेलले बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बाग्मती प्रदेशका  अध्यक्ष शिव देवकोटाको अध्यक्षता सम्पन्न कार्यक्रममा बाग्मती प्रदेश भरिका पत्रकार हरुको उपस्तिथि रहेको थियो ।
Back to top button