मिलिजुली कालिन्चोक साकोसले नेतृत्व बिकास तालिम संचालन गर्ने

दोलखा । सदरमुकाम चरिकोटमा मुख्य  कार्यालय रहेको मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्थाले संचालक बन्न चाहनेहरुका लागि नेतृत्व बिकास तालिम दिने भएको छ ।संस्थाले योग्यता पुगेका शेयर सदस्यलाई चैत ३ र ४ गते तालिम दिन लागेको हो ।

संस्थाले एक सुचना जारी गर्दै आगामी दिनमा संचालक समिती, लेखा सुपरिबेक्षण समिती तथा विभिन्न उप समितिमा बस्न चाहनेको लागि योग्यता पुगेका उम्मेदवारहरुलाई आबेदन फाराम भरेर कार्यालयमा बुझाउन आग्रह गरेको छ ।

हेर्नुस सहकारीले जारी गरेको सुचना

 

Back to top button