दोलखा प्रहरी प्रमुखको एक बर्षे उपलब्धि सार्वजनिक

सुजन काफ्ले 
दोलखा । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख गंगा पौडेलले आफ्नो एक वर्षे कार्यकालको उपलब्धि सार्वजनिक गर्नुभएको छ ।दोलखा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक पौडेलले आफ्नो एक बर्षे कार्यकालमा गरेका गतिविधिहरु सार्वजनिक गर्नुभएको हो ।
पौडेलले पत्रकार  सम्मेलन गरेर आफ्नो कार्यकालमा स्थानिय र प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न गरेको लगायत केही कामहरुमा सफलता मिलेको बताउदै केही कामहरु आफुले चाहेर पनि सम्पन्न गर्न नसकिएको उहाँको भनाइ छ। आफ्नो कार्यकालमा २०७९ बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन र २०७९ मंसिरमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुनुलाई आफुले महत्वपूर्ण रुपमा लिएको पौडेलले बताउनु भयो । निर्वाचनमा मानिसको ज्यानै जाने तहको झडप हुने भनेर चर्चा कमाएको जिल्लामा दुई वटा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने कुरामा राजनीतिक दलहरुको सहकार्य र समन्वय उल्लेख्य रहेको प्रहरी नायव उपरीक्षक पौडेलको भनाई छ । प्रहरी प्रमुख पौडेलले आर्थिक वर्ष ०७९/८० को साउन देखि हाल सम्म सामुदायीक प्रहरी साँझेदारी अर्न्तगत स्कुल प्रशिक्षण कार्यक्रम ३० वटा, साईबर अपराध तथा लागु औषध कार्यक्रम ५४ वटा, जनचेतना मूलक र्‍याली २४ वटा, जनचेतना मूलक छलफल तथा अर्न्तक्रिया एक सय वटा, सरसफmाई कार्यक्रम ५० वटा, रत्तदान कार्यक्रम पाँच वटा, स्वास्थ्य शिविर पाँच वटा, जेष्ठ नागरिक भेटघाट कार्यक्रम २० वटा, सडकमा रहेको मानिसको उद्दार एक वटा, भूपु प्रहरी कर्मचारीसंगको अर्न्तक्रिया २० वटा, सार्वजनिक सुनवाई एक वटा, विपद् व्यवस्थापन सम्बन्धि कार्यक्रम पाँच वटा, कोरोना सम्बन्धि कार्यक्रम दुई वटा र बृक्षरोपण कार्यक्रम पाँच वटा गरेर ५ सय ३ वटा कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
आफ्नो कार्यकालमा फैसला कार्यान्वयन अर्न्तगत ३९ जना फरार अभियुक्त पक्राउ गरी उनीहरुबाट २१ बर्ष ८ महिना १३ दिन कैद र १७ लाख २३ हजार ९६ रुपैया जरीवाना असुली गर्न सकिएको उहाँको भनाइ छ ।
एक बर्षे कार्यकाल पुरा गरी दोलखाबाट अन्यत्र सरुवा भइ जान लाग्नु भएका प्रहरी नायव उपरीक्षक पौडेलले आफ्नो कार्यकालमा हत्या, लुटपाट, हाडनाता करणी, जर्वजस्ति करणी, ज्यान मार्ने उद्योग जस्ता झण्डै एक दर्जन घट्नाको गहन अनुसन्धान सहित घट्नामा संलग्नलाई कानुनी कार्वाही गराउन सफलता मिलेको बताउनुभयो ।
अरु घटनाको तुलनामा दोलखामा जर्वजस्ति करणी र हाडनाता करणीको घट्ना बढी देखिएको उहाँले बताउनुभयो । तर आफुले चाहेर पनि दोलखा सदरमुकाम चरिकोटको मुख्य बजार क्षेत्रमा सिसिटिभी क्यामेरा राख्ने, चरिकोट बसपार्कलाई व्यवस्थित गर्ने र अवैध रुपमा उत्खनन् गरीने नदिजन्य तथा खानी जन्य पर्दाथ पूर्ण रुपमा रोकथाम गर्न नसकिएको प्रहरी नायव उपरीक्षक पौडेलले स्वीकार गर्नु भयो । तर यसको लागि इमानदारीता पूर्वक प्रयास भने गरिएको पौडेलको भनाई छ ।

Back to top button