तामाकोसीका स्वास्थ्यकर्मीलाई ७ दिने पोषण सम्बन्धि तालिम

दोलखा जिल्लाको तामाकोसी गाउँपालिकाले पहिलो चरणमा स्वास्थ्यकर्मीलाई ७ दिने तालिम प्रदान गरेको छ ।गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा गरिएको पहिलो चरणको तालिम मंगलबार सप्पन्न भएको हो ।

सात दिनको तालिममा पोषण सम्बन्धी बृहत बिषयबस्तुहरुको प्याकेजमा ज्ञान ,सीप तथा ब्यबस्थापकीय पक्षको क्षमतामा अभिबृद्धि गर्ने उद्येश्य रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुखले अरुण कुमार मिश्रले बताउनुभयो ।
पोषणसम्बन्धी ब्यबहार सुधारका लागि परामर्श, छलफलको बिधिबाट समाजमा सकारात्मक परिबर्तन गर्ने र प्रोत्साहन गर्ने मुख्य उद्येश्य रहेको मिश्रले बताउनुभयो ।
पहिलो चरणको कार्यक्रममा बोल्दै सिर्जना सुबेदिले तालिम लिएर ब्यवहारमा लागू गरे मात्र तालिममा लिएको कुराले सार्थकता पाउने बताउनुभयो । तालिम आफुले सिकेका कुरा समाजमा पुर्याउने जिम्मा स्वास्थ्यकर्मीहरुको रहेलो बताउदै सुबेदिले दिगो बिकास लक्ष्य पूरा गर्न सबै जना लाग्नुपर्ने बताउनुभयो । गाउँपालिकामा नि छिटै हेल्थ प्रोफाइल निर्माण गरिने बताउनुभयो । प्रोफाइल तयार गरेर सोही अनुसार बजेट बिनियोजन गरेर कार्यक्रमहरुले अगाडी बढाइने उहाँको भनाइ छ ।

७ दिन देखि गाउँपालिकाको कार्यालयमा संचालन गरिएको कार्यक्रममा तामाकोसी गाउँपालिका भित्रका स्वास्थ्य संस्थाम कार्यरत स्वास्थ्यकर्मीको उपस्थिति रहेको थियो । दोश्रो चरणको कार्यक्रम पनि आज बाट नै सुरु गरिएको र सो कार्यक्रम ७ दिनसम्म चल्ने गाउँपालिकाले जनाएको छ।

Back to top button