आफू मात्र जित्न माओबादी र काङ्ग्रेस कार्यकर्ता लाइ घरमा नै बोलाएर पैसा दिएको हैन अध्यक्ष ज्यु : हिरा थोकर

दोलखा । नेकपा एमाले दोलखाका सचिव हिरा कुमार थोकरले अध्यक्ष नर बहादुर श्रेष्ठले प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा आफुलाइ मात्र जिताउन माओबादी र काङ्ग्रेस कार्यकर्ता लाइ घरमा नै बोलाएर पैसा दिएको आरोप लगाएका छन ।
उनले आफुलाइ प्रदेशमा मात्र सहयोग गर्नका लागि एमाले र काङ्ग्रेसका नेताकार्यकर्तालाइ घरमा नै बोलाएर लाखौ डिल गरि अध्यक्ष तथा प्रदेश सभा (क) का उम्मेदवार श्रेष्ठले म्याच फिक्सिङ गरेको आरोप लगाएका छन ।

हेर्नुस हिरा कुमार थोकरको स्पष्टीकरण

नेकपा एमाले दोलखाका सचीव हिराकुमार थोकरले स्पष्टीकरण पेश गरेका छन । उनले पार्टीको एउटा बफादार सिपाही भई २०४३ सालदेखि जीवनभर पार्टीका लागि जीवन मरणको सवाल नराखी अनवरत रुपमा लागि नै रह्यो, उसैमाथि निर्वाचनको परिणामलाई लिएर कुन्सित मनशायका साथ अनावश्यक आरोप लगाउँदा स्वभाविक रुपमै दुःख लाग्दो रहछ उहाँको स्पष्टीकरणमा उल्लेख गरिएको छ । २०४७ सालमा पार्टीको संगठीत सदस्यता लिए देखी निरन्तर पार्टीको विभिन्न कमिटीमा बसेर हाल सम्म क्रियाशिल छु र बाँचुन्जेल रही रहने छु । साथै जति दुःख लागे पनि म गर्वका साथ अहिले सम्म वनाएको गर्विलो राजनीतिक जीवनलाई अझ उच्च बनाउने प्रतिवद्धताका साथ यो स्पष्टीकरण पेश गर्न चाहन्छु ।

मत परिणाम घोषणा हुनु भन्दा अगाडि सामाजिक संजालमा राजिनामा दिएको भन्ने कुरा स्पष्टिकरण लेखिएको छ । तपाईलाई याद छ होला मंसिर १९ गते मतगणना सकेपछि मैले तपाईलाई फोन गरेर निर्वाचन हारेकोमा पदाधिकारीले नैतिक जिम्मा लिनु पर्ला नि ? भन्दा तपाईले तपाई पनी राजीनामा दिनुस, म पनि दिन्छु भन्नु भएकोले मैले राजीनामा दिने घोषणा गरे तर तपाईले राजिनामा दिनु भएन । त्यसपछि मैले राजीनामा नगर्ने सोच बनाएँ ।

मेलुङ गा.पा. वडा नं. ३ लक्ष्मी मा.वि. मतदान केन्द्रमा मत फरक परेको सन्दर्भमा म्याच फिक्सिङ (Match Fixing) को आरोप मलाई लगाउनु भएकोछ । म्याच फिक्सिङ मैलै हैन तपाई आफैले नियोजित तरिकोले मलाई फसाउन गरेको रहेछ भन्ने कुरा अहिले खुल्दैछ । तपाईको २०७९ / ८ / १ गते नेकपा आमोवादी केन्द्रको नेता प्रेम लामा, छिरिङ थोकर र प्रखर थोकरलाई घरमा बोलाएर प्रदेश सभामा आफुलाई र प्रनिनिधि सभामा माओवादी उम्मेदवारलाई सघाउने सहमति गरी पैसा दिएर पठाएको र मतदानको दिन बुथ कब्जा गरी थप भोट हालेमा रु. ५ लाख थप दिने सहमति गरि नेकपा एमाले नेता विदुर शर्मालाई रु. ५ लाख पठाएको बारे के हो ? र नेपाली काँग्रेसको नेता दिर्घलाल लामालाई घरमै बोलाएर पैसा दिएको कुरो के हो ? गम्भिर अपराध आफू गर्ने अनि अरुलाई दोष लगायर पन्छिन खोज्न मिल्छ ?

मतदानको दिन २०७९ / ८ / ४ गते विहान ९ बजे नै तपाईले मलाई मतदान केन्द्र छाड्न किन भन्नु भएको ? मेले मतदान केन्द्र नछाडे पछि पटक पटक मतदान केन्द्र छाड्न भनि रहनु भयो । अरुलाई पनि फोन गरेर हिरालाई त्यहाँबाट जानु भन्नु भएको रहेछ । माओवादी केन्द्रीय सदस्य शंकर लामालाई पनी फोन गरेको छ किन ? तपाईको लगातार फोन आए पछि करिव ११ बजे त्यहाँबाट २ नं. को बुथमा गएँ । त्यसपछि तपाईले माओवादीसँग मिली बुथ कब्जा गर्न स्थानीय कार्यकर्तालाई भन्नु भएछ । तर मैले थाहा पाएर स्थानीय कार्यकर्तालाई त्यसो नगर्न अनुरोध गरेपछि उक्त कार्य रोकियो । यो विषयमा Match Fixingको आरोपक कसलाई लाग्नु पर्ने हो ?
पार्टीले वनाएको हाइकमाण्डको बैंठक कति पटक बस्यो ? र हाइकमाण्डमा को को थिए ? मलाई हाइ कमाण्डको सचिव र कार्यालयको जिम्मा मौखिक रुपमा गराएको थियो । सोही बमोजिम कार्यालयबाट सम्पादन हुने काममा सकृय भएँ । जिल्लास्तरमा समन्वय गर्ने, युवा परिचालन गर्ने, मतदान प्रतिनिधि व्यवस्थापन, मत गणना प्रतिनिधि
व्यवस्थापन लगायत ।

म पालिका अध्यक्ष भैरहदा तपाइको निर्देशमा १० औ जना भन्दा बढीलाई खानेपानी पाइप वितरण गरिएको छ । कतिपयलाई योजनाको आश्वासन दिइएको छ । पार्टीको निर्वाचन सामग्री सम्बन्धित स्थानमा पुऱ्याउन पालिकाको सरकारी साधन व्यापक प्रयोग गरिएको छ । निर्वाचन आयोजनको आचार संहिता हुँदाहुँदै पनि कमिटीको बैठक, पालिकास्तरीय भेलामा सहभागी भएको छ । पालिकाको सवै मतदान केन्द्रमा खटी आएका कर्मचारी व्यवस्थापन, सुरक्षा समन्वय लगायतका कार्य सम्पन्न गरेको छु । लक्ष्मी मावि मतदान केन्द्रमा ८०% मत खसेको भन्ने तपाईको स्पष्टीकरण कपोकल्पित छ भन्ने कुराको पुष्टी यस कारण हुँछ की । त्यस मतदानकेन्द्रमा जम्मा मतदाता १९९१ रहेकोमा ९१२ मात्र मतदान भएको छ । यो मत कुल मतको ८०% कसरी भयो?

मिति २०७१/८/१८ गते राती चरिकोटको होटल गौरी होराइजनमा तपाइले बागमती प्रदेश कमिटी सदस्य एवं दोलखा सह इन्चार्ज डवल पाण्डेलाई गरेको कुराबाट तपाईको माओवादी सँग साँठगाठ भएको कुरा पुष्टी हुँदैन र ?
मलाई सोधिएको स्पष्टिकरण मिति २०७९ / ८ / ३ गते बेलुका सम्म चरिकोटमा रहेको कुरा गर्नु भएको छ । मिति २०७१/८/३ गते मेरै पहलमा निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा निर्वाचन आयोगको सचिव गोकर्ण मणि दुवाडी, गृह सचिव विनोद प्रकाश सिंह, प्रहरी महानिरिक्षक धिरज प्रताप सिंह, शसस्त्र प्रहरी महानिरिक्षक राजु अर्याल लगायतका टोली मेलुङ आएको र उक्त टोलीलाई त्यहाँको अति संवेदनशिल मतदान केन्द्र वडा नं ५ को डाँडाखर्क मावि मतदान केन्द्र र समग्र पालिकाको अवस्थाका बारेमा जानकारी दिएको थिएँ । सोही कारण ५ नम्बर वडामा शान्तिपूर्वक मतदान भयो र तपाईको आफ्नो वडा बाहेक अन्य मतदानकेन्द्रहरुमा पनि शान्तिपूर्ण मतदान भयो । अव भन्नुस अनि तपाईले कसरी बेलुकासम्म चरिकोटमा देख्नु भयो ? यति तल गिरेर तथ्यहित आरोप लगाउन कसरी सक्नु भयो ? कम्तिमा तथ्यलाई त स्वीकार गर्नुस न । कि समकक्षीलाई मिथ्य आरोप लाएर राजनैतिक रुपमा सिद्याउने सड्यन्त्र रच्नु भएको हो ?

पार्टीको जिल्ला उपसचिव धर्मेन्द्र मोक्तानले आर्थिक विभाग प्रमुख मुरारी शिवाकोटीले निर्वाचन खर्च वापत मेलुङ गा.पा. कमिटी अध्यक्ष अम्बिका गोलेको नाममा जारी गरेको बैंक चेक खोसेर च्यात्ने काम गरेकोछ । मुरारी शिवाकोटी माथि हातपात भएकोछ । यसले आम कार्यकर्ता र मतदाता माझ कस्तो सन्देश पुग्यो होला? कल्पना गर्नुहोस अध्यक्षज्यू । गाउँपालिकाको ७ वटै वडालाई रु ५० हजारको दरले दिने निर्वाचन खर्च वाहेक ३ लाख रकम धर्मेन्द्र मोक्तान आफैले राखेको आरोप पालिकाकमिटी अध्यक्ष अम्बिका गोलेले लगाएको छ । रु ९० हजार भाडामा लिएको गाडिको भाडा रु. १,८०,०००/- भनी अनियमित गरेको आराप अम्बिका गोलेले धर्मेन्द्र मोक्तानलाई पटक पटक लगाएको छ । अन्य रकमको पनि हिसाव छैन भनेको छ । अरु आफ्नै खर्चले परिचालन हुँदा उपसचिव धर्मेन्द्रलाई पार्टीले किन खर्च दिनु पर्यो ? के यो पार्टी अनुशासनको विषय होइन र ?

२०७४ सालमा तपाई पार्टी जिल्ला कमिटी उपाध्यक्ष र मेलुङ गाउँपालिकाको अध्यक्षको उम्मेदवार हुनुहुन्थ्यो । तत्कालिन बेला धर्मेन्द्रलाई असहयोग गर्यो भनेर तपाईले नै आरोप लगाउनु भएको थियो । जिल्ला तहमा छानविन आयोग बनाइएको थियो । त्यो कहाँ गयो ? अनि अहिले आएर विषयान्तर गर्न किन खोज्नु भएको ? २०७४ सालको स्थानीय तहको निर्वाचनमा बैतेश्वर गा.पा.को आफ्नै पर्टीको उम्मेदवार ऋषीकेश उप्रेती सँग १४ लाख रुपैया लिई असहयोग गर्यो भनि उम्मेदवार ऋषीकेश उप्रेतीले जिल्ला कमिटीको बैठकमै धर्मेन्द्र मोक्तान माथि आरोप लगाउँदा किन कार्वाही भएन?

२०७९ को स्थानीय निर्वाचमा उपसचिव धर्मेन्द्र मोक्तान आफ्नो पालिकामा कति पटक गयो। तपाई आफु पनि मात्र मतदानको दिन १ दिन गएर विहान सदरमुकाम फर्कनु भएको छ । जिल्ला अध्यक्षको नातले तपाईलाई प्रश्न नउठ्ला तर उपसचिव धर्मेन्द्र मोक्तानको सम्बन्धमा तपाईको राय के हो? किन उसैलाई छानविन समितिको संयोजक वनाउनु भयो ?
हेर्नुस पूरा स्पष्टीकरण

Back to top button